IME Life New

के तपाई आफनो मोवाइल हराउँने वा विग्रने चिन्तामा हुनुहुन्छ ? ढुक्क हुनुहोस मेरो सुरक्षाले गर्छ रक्षा । अब गर्नुहोस मोबाइल भ्यालुको ५ प्रतिशत रकमले मोबाइल प्रोटक्शन प्लान बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


विजया बाँस्कोटा
अब मोबाइल प्रोटेक्शन प्लानको पनि बीमा हुने भएको छ । मेरो सुरक्षा र प्रिमियर इन्स्योरेन्स कम्पनीको सहकार्यमा मोबाइल प्रोटेक्शन प्लानको बीमा हुने भएको हो । मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहभागी हुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बीमा प्रिमियर इन्स्योरेन्स कम्पनीमा हुनेछ । मेरो सुरक्षा कम्पनीको सेवा उपभोग गर्ने ग्राहकहरुले १ लाखको दुर्घटना बीमा पनि पाउँनेछन् ।

यदि तपाई पनि मोबाइल हराएर, बिग्रेर चिन्तित हुनुहुन्छ भने अब तपाईको मोवाइलको सुरक्षा गर्ने छ मेरो सुरक्षा कम्पनीले । मेरो सुरक्षा कम्पनीले नेपालमै पहिलो पटक सञ्चालनमा आएको मोबाइल प्रोटेक्शन प्लान हो । मेरो सुरक्षाले मेरो सुरक्षा स्मार्ट फोनको गर्छ रक्षा नामक योजना शुरु गरेको छ । आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा बुझाएर यो कम्पनीको सेवा उपयोग गर्न सकिन्छ । मेरो सुरक्षाले ल्याएको यस्तो योजनाले जुनसुकै स्मार्टफोन ड्यामेज भएमा, चोरी भएमा वा हराएमा मोवाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लान अन्तर्गत नयाँ मोबाइल पाउँछन् । मेरो सुरक्षाका प्रयोगकर्ताहरुले नयाँ मोबाइलको साथमा पूराना डाटाहरु समेत फिर्ता पाउँछन् ।

Esewa
Crest

मेरो सुरक्षाले गर्ने सुरक्षाहरु

मोबाइल सेटको स्क्रीन क्षती भएमा
स्मार्टफोन ड्यामेज भएमा,
चोरी भएमा वा हराएमा
आगलागीबाट मोबाइल क्षतीग्रस्त भएमा
पानी लगायतका तरल पदार्थको कारणबाट क्षती भएमा

ग्राहकको मोबाईल हराएमा, चोरी भएमा वा ड्यामेज भएमा प्रयोगकर्तालाई नोक्सानीबाट बचाउन मेरो सुरक्षाले मोबाइल प्रोटेक्शन प्लान सुरु गरेको हो । मेरो सुरक्षा प्रालिको सेवा पाउनका लागि सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नु पर्ने हुन्छ ।

मेरो सुरक्षाको एप कसरी प्रयोग गर्ने

प्रयोगकर्ताले गुगल प्ले स्टोर तथा एप्पलको एप स्टोर बाट मेरो सुरक्षा नामको मोबाइल एप इन्स्टल गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नु पर्ने हुन्छ । प्लान एक्टिभेट गर्दा खल्ती, आई पेका साथै १५ वटा वाणिज्य बैंक र डोर टू डोर अप्सनबाट रकम भुक्तानी गर्न सकिने मेरो सुरक्षाले जनाएको छ । यसरी प्लान एक्टिभेट गरेका मोबाइल प्रयोगकर्ताको मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको ७ दिन भित्र अर्को नयाँ मोबाइल पाउने छन् ।

दाबी प्रक्रिया

मेरो सुरक्षाको एप प्रयोगकर्ताहरुको मोबाइल आगलागीबाट क्षती भएमा, पानी लगायतका तरल पदार्थको कारणबाट क्षती भएमा, दुर्घटनाको कारणबाट क्षती भएमा, मोबाईल सेट चोरी भएमा, मोबाईल सेट हराएमा, मोवाईल सेटको स्क्रीन क्षतीग्रस्त भएमा मेरो सुरक्षाको प्रयोगकर्ताहरुले दाबीको लागि निम्न प्रक्रियाहरु अपनाउनु पर्ने हुन्छ ।
प्रथम चरण

मेरो सुरक्षाले तोकिएको नम्बरहरु वा एप प्रयोग गरी घटना घटेको ४८ घण्टा भित्र खबर गर्नु पर्ने हुन्छ ।

दोस्रो चरण

घटनाको जानकारी दिईसके पछि मेरो सुरक्षाका कर्मचारीहरुले घटनाको ७ दिन भित्र बुझाउनु पर्ने कागाजातहरुको बारेमा निर्देशन दिने छन् ।

दाबीका लागि आवश्यक कागजातहरु

मेरो सुरक्षा वारेन्टी कार्ड,
दावीकर्ताले दावी गर्न पूर्णरूपमा भरि हस्ताक्षर गरको दावी फारम,
दावीकर्ताको आईडी कार्ड जसको आईडी नम्बर योजना खरिदको समयमा दिइएको थियो,
क्षतिग्रस्त मोबाइल सेट

दाबीका लागि आवश्यक पर्ने कागजातहरु र मोबाइल सेट पेश गरेको ७ दिन भित्र कम्पनीले बिग्रेको मोवाइल मर्मत योग्य नभएको खण्डमा ग्राहक लाई नयाँ मोबाइल सेट उपलब्ध गराउदँछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS