IME Life New

बीमा क्षेत्रमा सात प्रकारका बीमाङ्की विशेषज्ञ, बीमा कम्पनीमा यस्तो छ उनीहरूको भूमिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नियुक्त बीमाङ्की(अप्वाइण्टेड अक्चुअरी) सम्बन्धि मार्गदर्शन २०८० को पहिलो संशोधन जारी गरेको छ। यो संशोधनमा बीमाङ्कीको योग्यता र नियुक्ति सम्बन्धित मापदण्ड परिमार्जन गर्दै अझै परिष्कृत बनाइएको छ।

यसबाहेक स्वदेशी बीमाङ्की जनशक्तिलाई प्रोत्साहित गर्न बीमा प्राधिकरणले कार्य अनुभव सम्बन्धि योग्यताको मापदण्डमा केही लचकता पनि अपनाएको छ।

Esewa
Crest

मार्गदर्शनमा बीमाङ्की, नियुक्त बीमाङ्की, बीमाङ्की विश्लेषक, सह बीमाङ्की, परामर्शदातृ बीमाङ्की र फेलो बीमाङ्की, फेलो बीमाङ्की र साथी समिक्षक बीमाङ्कीको परिभाषा र प्रावधान समेटिएका छन्।

अँग्रेजी भाषामा जारी गरिएको मार्गदर्शनमा समावेश गरिएका बीमाङ्की सम्बन्धि परिभाषालाई यहाँ नेपालीमा अनुवाद गरेर प्रस्तुत गर्ने प्रयास गरिएको छ।

(क) “एक्चुअरी” अर्थात् बीमाङ्की भन्नाले बीमाकर्ताको सम्पत्ति र दायित्वको मूल्याङ्कन गर्न मान्यता प्राप्त संस्थाबाट एक्चुअरी(बीमाङ्की) को उपाधि प्राप्त गरेको व्यक्तिलाई जनाउँछ। उनीहरू गणित विज्ञान विषयको अध्ययन गरेर बीमाङ्की उपाधिका लागि आवश्यक विभिन्न तहको परिक्षा उतीर्ण गरेर पेशागत अनुभव हासिल गरेका व्यक्ति हुन् । नेपालमा त्रिभूवन विश्वविद्यालयको गणित विज्ञान विभागमा यो विषयको अध्यापन हुने गरेको छ।

(ख) “अप्वाइण्टेड एक्चुअरी” अर्थात् नियुक्त बीमाङ्की भन्नाले मार्गदर्शनको दफा ५ मा उल्लेखित योग्यता मापदण्ड पूरा गर्ने र दफा ६ र ७ मा उल्लेखित मापदण्डहरू अनुसार नियुक्त वा कायम राखिएको व्यक्तिलाई जनाउँछ। नियुक्त बीमाङ्की भनेको बीमा कम्पनी वा सेवाग्राही संस्थाले पूर्णकालीन रूपमा नियुक्त गरेको मुख्य बीमाङ्की हुन्। उनीहरूले सेवाग्राही संस्थाको बीमाङ्कीय मूल्याङ्कनसँग सम्बन्धित सबै सेवामा प्रथम तहमा रहेर काम गर्छन् ।

(ग) “एक्चुअरी विश्लेषक” अर्थात् बीमाङ्की विश्लेषक भन्नाले मान्यता प्राप्त बीमाङ्की संघबाट एसोसिएटशिप पदनाम प्राप्त गर्ने तर्फ काम गर्ने, बीमाङ्की कार्यमा संलग्न भएको, संस्थामा योगदान पुर्‍याएको र दफा २४ मा उल्लेखित मापदण्डहरू अनुसार नियुक्त वा कायम राखिएको व्यक्तिलाई जनाउँछ।

(घ) “एसोसिएट एक्चुअरी” सहयोगी बीमाङ्की भन्नाले पेशागत आवश्यकताहरू पूरा गरेको र उक्त व्यक्ति सदस्य भएको मान्यता प्राप्त एक्चुअरी संघबाट ‘एसोसिएट’ पदनाम प्राप्त गरेको व्यक्तिलाई जनाउँछ। यो तहको बीमाङ्कीहरू स्वतन्त्ररूपमा नभएर अन्य बीमाङ्कीको मातहतमा रहेर काम गर्ने कनिष्ठ तहको बीमाङ्की हुन् ।

(ङ)  “परामर्शदाता एक्चुअरी” अर्थात परामर्शदाता बीमाङ्की भन्नाले बीमाकर्ताले विशेष काम र तोकिएको अवधिको लागि नियुक्त गर्न सक्ने बीमाङ्की भन्ने जनाउँछ। कुनै पनि सेवाग्राही संस्था वा बीमा कम्पनीलाई आवश्यकता परेको समयमा मात्र बीमाङ्की विषयसँग सम्बन्धित प्राविधिक परामर्श उपलब्ध गराउँछन् ।

ठूला भवनहरू निर्माण गर्दा विशेषज्ञ इन्जिनियरहरूमार्फत काम पूर्व निर्धारित मापदण्ड अनुरूप भए नभएको अनुगमन र परामर्श दिने कार्य गरिए झैं परामर्शदाता बीमाङ्कीले पनि बीमकले गरेको वा गर्न लागेको बीमाङ्की मूल्याङ्कनसँग सम्बन्धित विषयमा विशेषज्ञ परामर्श उपलब्ध गराउँछन् ।

(च) “फेलो एक्चुअरी” अर्थात फेलो बीमाङ्की भन्नाले त्यस्तो व्यक्तिलाई जनाउँछ, जसले व्यवसायिक योग्यता सम्बन्धि मापदण्डहरू पूरा गरेको छ र मान्यता प्राप्त एक्चुअरीअल संघबाट ‘फेलो’ पद सहित सदस्यता प्राप्त गरेको छ। यस्तो बीमाङ्कीहरू बीमाङ्की सम्बन्धि शैक्षिक योग्यतासँगै मान्यता प्राप्त बीमाङ्की संगठनबाट सदस्यता प्राप्त बीमाङ्की हुन् ।

(छ)”पियर रिभ्यु एक्चुअरी” अर्थात् साथी समिक्षक बीमाङ्की भन्नाले मान्यता प्राप्त एक्चुअरी एसोसिएसनबा बीमाङ्कीको पदनाम प्राप्त व्यक्तिलाई बुझिन्छ, जोसँग पियर रिभ्यु (साथी समिक्षा)  बीमाङ्की कार्यको उच्च स्तरको प्राविधिक ज्ञान र अनुभव (सान्दर्भिक अभ्यास क्षेत्रमा फेलोशिप पछि न्यूनतम ३ वर्ष) छ। यस्तो बीमाङ्कीले नियुक्त बीमाङ्की वा अन्य कुनै बीमाङ्कीबाट सम्पादन भएका बीमाङ्की मूल्याङ्कन सम्बन्धि कामको अध्ययन विश्लेषण गरेर सल्लाह सुझाव दिने जिम्मेवारी बोकेका हुन्छन् ।

बीमा कम्पनीका लागि मात्र नभएर कोष व्यवस्थापक संस्थाहरू जस्तै नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोषको साथै बैंकहरूलाइ पनि कोष व्यवस्थापन सम्बन्धि उचित निर्णय लिन बीमाङ्की सेवा अत्यावश्यक मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS