IME Life New

केवल ३ रुपैयाँको शेयरले लगानीकर्तालाई बनायो करोडपति, कम समयमै तीनगुणा बढी रिटर्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा सही स्टकमा पैसा लगानी गरेमा बम्पर नाफा निश्चित हुन्छ। केही यस्ता शेयरबाट लगानीकर्ता करोडपति बनेका छन्।

भारतीय शेयर बजारमा यस्तै एउटा कम्पनीको शेयरले लगानीकर्ता मालामाल बनेका छन्। गेब्रियल इन्डियाले लगानीकर्तालाई उत्कृष्ट रिटर्न दिएको हो।

Esewa
Crest

सन् २००९ मार्च ६ मा गेब्रियल इन्डियाको शेयर ३.३४ रुपैयाँको स्तरमा कारोबार भएको थियो। यो अवधिमा कुनै लगानीकर्ताले यो शेयरमा १ लाख रुपैयाँ लगानी गरेर राखेको भए उनीहरु आज करोडपति भएका छन्।

कारोबार साताको अन्तिम दिन बिहीबार गेब्रियल इन्डियाको शेयर ३३३.६५ रुपैयाँमा बन्द भएको छ। पछिल्लो एक वर्षमा शेयर १४५.४२ प्रतिशतले बढेको छ। यससँगै विगत ५ वर्षमा यो शेयर १३०.८२ प्रतिशतले बढेको छ।

शेयर बजारमा बिना ज्ञान लगानी गर्न उपयुक्त हुँदैन। बजारमा कुनै पनि शेयरमा लगानी गर्नुअघि कम्पनीको राम्ररी अध्ययन गर्नुपर्छ। यसो नगरे आर्थिक नोक्सानी व्यहोर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%
happy

खुसी

0%
sad

दु :खी

43%
amazed

अचम्मित

14%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS