IME Life New

केमसन अध्यक्षमा सुरेश घिमिरे सर्वसम्मत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

स्वास्थ्य परीक्षणका उपकरण र रसायन आयातकर्ताहरुको छाता सगंठन केमिकल एन्ड मेडिकल आपूर्ति कर्ता सघं (केमसन)को अध्यक्षमा सुरेश घिमिरे सहित ११ सदस्य कार्य समिति सर्वसम्मत निवार्चित भएको केमसनले जनाएको छ।

सघंको हालै सम्पन्न १३ औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको हो । केमसनका सञ्चार तथा प्रचार प्रसार समितिका संयोजकका अनुसार उक्त नव गठित कार्यसमितिमा अध्यक्ष सुरेश घिमिरे , निर्वतमान अध्यक्षमा भक्त हमाल, प्रथम उपाध्यक्षमा कविराज पोख्रेल, रहेका छन् भने महा–सचिव र सचिवमा क्रमशः विनोद मानन्धर र अर्जुन कुमार रायमाझी रहेका छन् ।

Esewa
Crest

त्यस्तै कोषाध्यक्षमा दीपक शर्माले प्रतिनिधित्व गरेका छन् भने कार्यसमितिका केन्दि«य सदस्यहरूमा पुण्य प्रसाद नेपाल, निर्मल रेग्मी र समीर मरहटा रहेको जानकारी गराइएको छ ।नवनिर्वा्चित कार्य समितिको कार्यकाल दुई वर्षको रहनेछ । सघंको विधान अनुसार द्धितिय उपाध्यक्ष तथा थप ३ कार्यसमिति सदस्य मनोनयन गरिने प्रावधान रहेको उल्लेख गरिएको छ ।

केमसन बि।स २०६१ साल देखि गुणस्तरीय उपकरण र रसायन उपलब्ध गराउने उद्देश्यले सगठित भई स्वास्थ्य बजारमा विशेष पहिचान बनाउन सफल भएको छ । नेपालको सातै प्रदेशमा उपस्थित रहेको सघंको सक्रिय सदस्य सङ्ख्या ३०० पुगिसकेको जनाइएको छ ।

स्वास्थ्य संस्था तथा यस सम्बन्धी आपूर्तिकर्ताहरु बाट सुलभ मूल्यमा गुणस्तरीय उपकरण र रसायन उपलब्धतालाई थप विश्वासिलो बनाउन कम्पनी र ब्रान्ड सुचीकृत गराउन स्वास्थ्य मन्त्रालयसगं सहकार्य भइरहेको अध्यक्ष घिमिरेले जानकारी दिएका छन् ।

यस प्रयासबाट खुल्ला सिमानाबाट हुने अनाधिकृत स्वास्थ्य उपकरणको व्यापार नियणत्रण हुने विश्वास लिइएको छ । यससगैं विश्वमा उपल्वध नवीन स्वास्थ्य उपकरण तथा प्रविधि नेपालभर उपल्वध गराउन केमसन प्रतिबद्ध रहेको जनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS