IME Life New

केन्द्रले लक्ष्य मात्र दिएको तर अधिकार प्रत्यायोजन नगरेको शाखा कार्यालयहरुको गुनासो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । बीमा कम्पनीका केन्द्रीय कार्यालयहरुले बीमा कम्पनीका शाखा तथा प्रदेश कार्यालयहरुलाई अधिकार प्रत्यायोजन नगरेको गुनासो गरेका छन् । आज नेपाल बीमा प्राधिकरणको आयोजनामा जनकपुरमा बीमकका प्रदेश तथा शाखा कार्यालयहरुका प्रमुख एवम् प्रतिनिधिहरुसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा शाखा तथा प्रदेश कार्यालयका प्रमुखहरुले यस्तो बताएका हुन् ।

Esewa
Crest

कार्यक्रममा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा ऐन, २०७९ मा भएका व्यवस्था, नेपाल बीमा प्राधिकरण र प्राधिकरणका प्रदेश कार्यालयका कार्य, बीमकका शाखा कार्यालयका मापदण्ड, जोखिमाङ्कनको प्रभावकारिता लगायत बीमा सम्बन्धी समग्र विषयमा जानकारी दिएका थिए ।

कार्यक्रममा बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुले केन्द्रीय कार्यालयले लक्ष्य मात्र दिएको तर अधिकार भने प्रत्यायोजन नगरेको, कार्यालयमा आवश्यक जनशक्तिको व्यवस्था नभएको, सरेण्डरको समस्या रहेको, बीमा अभिकर्ताबाट उचित किसिमले जोखिमाङ्कन नहुँदा दाबी भुक्तानीमा समस्या देखिएको, केन्द्रबाट जथाभावी सरुवा गर्ने र अनावश्यक दबाद दिने गरेको लगायतका गुनासाहरु गरेका थिए ।

कार्यक्रममा बीमा कम्पनीहरुका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी ९निप्स०, जनकपुरका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS