IME Life New

कृषि मेलामा नबिल बैंकको साथ, दिगो बैंकिङ मार्फत प्रबद्र्धन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चितवन एक्स्पो सेन्टर, भरतपुरमा बहुप्रतिक्षित कृषि कर्जा मेला सुरु भएको छ । जुन चैत १२, २०७८ सम्म सञ्चालन हुनेछ । आयोजित एक उद्घाटन कार्यक्रममा नबिल बैंकका अध्यक्ष तथा ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एशिया प्यासीफीक प्रतिनीधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताए । मुल्यश्रृंखला बनाउन सके कृषिमा लगानी बढ्ने उनले बताए ।

“नबिल बैंकले दिगो बैंकिङ अगाडी बढाएको छ । त्यसको प्रमुख कार्यक्रम कृषि छ,” उनले भने, “हाम्रो उर्भर जमिन भोलि रहन्छ की रहँदैन, भोलिको दिनमा सन्ततीको भविष्यलाई नविगारी अहिले विकास गर्ने हो । जुन दिगो विकास हो,” उनले कृषि क्षेत्रमा बैंकले लगानी नगरेको भएयति परिवर्तन नहुने दाबी गरे ।

Esewa
Crest

“कृषि क्षेत्रको विकासको लागि बैंकहरुले जति प्रभाव पारेको छ त्यो भन्न सकेको छैनौ । भोलिको दिनमा कृषि क्षेत्रको विकासमा परेको प्रभाव भन्न सक्ने गरि अगाडी बढौं ।” उनले भने,“बैंकले निक्षेपकार्ताको पैसा फिर्ता हुने गरी हेरेर लगानीगर्नेहो, कृषिमा लगानी गर्दा निक्षेपकर्ताको पैसा सुरक्षित छ भन्ने गरि मुल्यश्रृंखला निमार्ण गरौं, बैंकले कृषिमा लगानी गर्छन् ।”

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले कृषिमा समग्र ‘इको सिस्टम’ र ‘भ्यालु चेन’मा नै समस्या रहेको बताए । शाहले आफ्ने अनुभव सनाउँदै भने, धेरै ठाउँमा जाँदा तपाइहरु किसानलाई कर्जा दिनु हुँदैन, बैंकले कर्जा दिएको भए किन युवा विदेश जानुप¥थ्यो, । घर जग्गा र सेयरमा कर्जा दिनु हुन्छ तर किसानलाई पैसा दिनुहुन्न भन्ने गरेको सुनिन्छ, उनले सुनाए । “नबिल बैंकले ‘नबिलदिगो बैंकिङ’ गरेर हाम्रो टिमलाई गाउँमा किसँनसँग पठायौं, गाउँमा खेत त छ तर किसानसाउदी, मलेसीया र जापानमा रहेछन् । जो किसान रहेछन् उनिहरुले पैसा रोपेर केहीहँुदैन बीज चाहियो भन्ने रहेछन् ।” बैंकर शाहले भने, “बिज भए पुग्छ भन्दा मल पनि चाहियो, बिज र मल भएपछि हुन्छ भन्दा अब बजार पनि चाहियो भने गुनासो गरे, हाम्रो टिम आएर किसानलाई पैसा मात्रै दिएर नहुने रहेछ बीज, मल, पानि र बजारिकरण पनि चाहिने रहेछ भन्ने गुनासो आयो ।”

उनले बैंकहरु कर्जा दिनतयार भएपनि निक्षेपकर्ताको पैसा लगानीगर्दा त्यसको सावाँ र थोरै ब्याज फिर्ता हुने सुनिश्चितता खोज्नुपर्ने बताए । “कर्जा दिन बैंक तयार छौं तर, हाम्रो किसानले कर्जा लिएर ब्याज मात्रै हैन तिर्ने मात्रै हैन त्यसबबाट आम्दानी गर्न ‘इको सिस्टम’ बनाउनुपर्छ भनेर बुझ्नु भएको छ,” उनले भने, “नबिल बैंक किसान र कृषिमा लगानीगर्ने भनेर अगाडी बढेका छौं । हामी प्रतिवद्धता जनाउँछौं, तर जब सम्म लगानी गरेको पैसाको साँवा र पैसा फिर्ता आउँछ भनेर देखिदैन लगानी गर्न समस्या हुन्छ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS