IME Life New

कुमारी बैंक र ललितपुर उद्योग वाणिज्य संघको पदयात्रा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले ललितपुर उद्योग वाणिज्य संघसँग सहकार्य गरेको छ । बैंकले भिजिट नेपाल २०२० लाई सफल पार्न निजी क्षेत्रको पुर्व तयारीको रुपमा ललितपुर जिल्लामा अवस्थित नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान एवं प्रचारप्रसारको अभिप्रायका साथ १९ कि.मि.को Warmup-Walkathon को आयोजक ललितपुर उद्योग वाणिज्य संघसँग सहकार्य गरेको हो ।

कुमारी बैंक मुख्य–प्रायोजक रहेको पदयात्राको उद्देश्य भूकम्पले क्षतबिक्षत् भएको भीमसेन मन्दिर पुनर्निर्माण कोष संकलन थियो ।

Esewa
Crest

“हाम्रो सम्पदा, हामी आफै बनाऔं” भन्ने महान् अभिलाषा सहित स्थापना कालदेखि नै सम्पदा संरक्षण र सम्बद्र्धनमा अग्रणी भूमिका खेल्दै आएकोे ललितपुर उद्योग वाणिज्य संघले पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपुर्ण दरबार स्क्वायर अवस्थित व्यवसायीहरुको आराध्यदेबको रुपमा पुजिँदै आएको भिमसेन मन्दिरको पुनर्निर्माणमा नेतृत्वदायी भूमिका बहन गर्दै मन्दिरको पुनर्निर्माणको कार्यको थालनी गरेको छ ।

असोज ४ गते पाटन दरबार स्क्वायर क्षेत्रबाट शुरु भई ग्वार्काे, इमाडोल, सानागाँउ, लुभू, हरिसिद्धि, धापाखेल, सुनाकोठि, बुंगमति हुदै उक्त पदयात्रा ललितपुरको खोकनामा पुगेर सम्पन्न भएको जनाएको छ ।

यस पदयात्राको उद्देश्य स्थानिय तबरबाट भिजिट नेपाल २०२० लाई सफल पार्न आवश्यक पूर्वाधारहरुको पहिचान गर्दै सोको प्रवद्र्धन र प्रचार प्रसार गर्नु रहेको थियो । जोश, उमङ्ग तथा हर्षोल्लासका साथ सम्पन्न सो पदयात्रामा सहभागीबाट लगभग बाह्र लाख श्री भीमसेन मन्दिर पुनर्निर्माण कोषमा सङ्कलन भएको ललितपुर वाणिज्य महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS