IME Life New

कुमारी बैंकद्धारा ट्राफिक प्रहरीलाई सेनिटाईजर सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल ट्राफिक पुलिसलाई यस कोरोना संक्रमित घडीमा १०० लिटर सेनिटाईजर सहयोग स्वरूप प्रदान गरेको छ । कोरोना महामारीको संकटदायी घडीमा अत्यावश्यक तुल्यिएको सेनिटाईजर रामशाहपथ स्थित महानगर पुलिस कार्यालयमा एक समारोहबीच बैंकले हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा कुमारी बैंकका तर्फबाट अनुषा शाक्यले काठमाडौं महानगर पुलिसका वरिष्ट सुपर इन्टेंडेंट भीम प्रसाद ढकाललाई सेनिटाईजर हस्तान्तरण गर्नुभयो । कोरोना महामारी एवं विपदको समयमा न्यूनीकरण एवं नियन्त्रणका लागी नेपाल सरकारको राहत कोषमा योगदान, स्थानीय स्तरमा निम्नस्तरका महामारी प्रभावित वासिन्दालाई राहत–वितरण जस्ता गतिविधिहरू आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले वहन गर्दै आएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS