IME Life New

कुमारी बैंकको साधारण सभा मंसिर २९ गते, १४ प्रतिशत लाभांश पारित गर्ने एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले २० औं वार्षिक साधारण सभा मंसिर २९ गतेका लागि आह्वान गरेको छ । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिले बैंकको आर्थिक वर्ष २०७६।०७७ को साधारणसभा बैंककै केन्द्रीय टंगाल, काठमाडौंमा बिहान ११ः३० बजेका लागि आह्वान गरेको हो । साधारणसभामा १४ प्रतिशत लाभांश पारित गर्ने एजेण्डा पेश गरिने बैंकले जनाएको छ ।

बैंक सञ्चालक समितिले यस वर्षको साधारणसभा डिजिटल माध्यमबाट बोलाइएको जनाएको छ । उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १०.८५ प्रतिशत बोनस शेयर र ३.१५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने बैंकले जनाएको छ । आज सार्वजनिक सूचना प्रकाशित गर्दै बैंकले साधारणसभाको मिति तय गर्दै उक्त साधारणसभामा आय व्यय विवरण तथा १४ प्रतिशत बोनस दिने सम्बन्धी प्रस्ताव पेश गरी पास गरिने जनाएको छ ।

Esewa
Crest

बैंकले साधारणसभामा पेश गर्ने बोनस सम्बन्धी प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत गरिसकेको छ । साधारणसभामा बैंक र अन्य उपयुक्त संस्थासँग मर्जर तथा एक्विजिशन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारण सभामा पेश गरिने बैंकले जनाएको छ ।

लाभांश लिन चाहने लगानीकर्ताहरुका लागि मंसिर १५ गते बुक क्लोज मिति तय गरेको छ । उक्त लाभांश लिन चाहने सदस्यहरुले मंसिर १४ गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका यरधनीले मात्र बैंकले वितरण गर्न १४ प्रतिशत लाभांश लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS