IME Life New

कुमारी बैंकको नाफा ५१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको दा्स्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बै.कले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब २१ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ४१ करोड ३५ लाख रुपैयाँले बढी हो ।

पुस मसान्तसम्ममा १३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ५० करोड रुपैयाँ संचिती रहेको छ ।

Esewa
Crest

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७ दशमलव ०१ प्रतिशत बढेर २ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ५३ दशमलव ४७ प्रतिशत बढेर १ अर्ब ७४ करोड ५ लाख रुपैयाँ पुगेको छ।

यस अवधिसम्ममा बैंकले १ खर्ब २२ अर्ब ७२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब १४ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब १६ अर्ब ५४ करोड रुपैयाँ निक्षेपबाट १ खर्ब १० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १६ रुपैयाँ ८३ पैसा रहेको बैंकको ईपीएस चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १७ रुपैयाँ ५३ पैसा पुगेको छ। यस बैंकको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ८२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६।१९ गुणा रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS