IME Life New

कुमारी बैंकको नाफा ५० प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६० करोड २५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ४० करोड १९ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ५० प्रतिशतले बढी हो ।

१२ अर्ब ५२ करोड ४९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ५९ करोड ४३ लाख रुपैयाँ संचिती रहेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको यस अवधिमा बैंकको वितरण योग्य नाफा २५ करोड ९१ लाख ३२ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९ करोड ७१ लाख ४७ हजार रुपैयाँ बढेर १ अर्ब ३१ करोड ५६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै सञ्चालन नाफा २९ करोड ४२ लाख रुपैयाँबाट बढेर ८६ करोड ५ लाख रुपैयाँ पुगेको छ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ खर्ब १७ अर्ब २ करोड ६० रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ३२ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। गत आर्थिक वर्षको सोही अवभिमा बैंकले १ खर्ब १६ अर्ब ५४ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ७१ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ २५ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ४२ रुपैयाँ ०५ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ११.५८ गुणा रहेको छ । यस अवधिमा बैंकको आधार दर ८.४० प्रतिशत, स्प्रेड दर ४.३६ प्रतिशत रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS