IME Life New

कुमारी क्यापिटलका ३ वटै म्युचुअल फन्डको बढ्यो न्याभ, शेयरमा बढाउँदै लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फन्डको मंसिर महिना वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवरद्ध्क कुमारी बैंक र कोष प्रवर्द्ध कुमारी क्यापिटल रहेका कुमारी धनवृद्धि योजना, कुमारी सुनौलो लगानी योजना र कुमारी इक्विटी फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। कात्तिकको तुलनामा मंसिरमा यी ३ वटै योजनाको प्रतिइकाइ खुद मूल्य (न्याभ) बढेको छ।
मंसिरमा कुमारी धनवृद्धि योजनाको न्याभ बढेर १०.५२ रुपैयाँ पुगेको छ। कात्तिकमा न्याभ ९.९३ रुपैयाँ थियो।

Esewa
Crest

यो योजनाको कुल लगानी पनि बढेर मंसिरमा १ अर्ब १६ करोड २८ लाख रुपैयाँ पुगेको छ। कात्तिकमा कुल लगानी १ अर्ब ९ करोड ९६ लाख रुपैयाँ थियो।

गत कात्तिकमा ७ करोड २४ लाख रुपैयाँ नोक्सानीमा रहेको यो योजनाले मंसिरमा पनि २ लाख ४७ हजार रुपैयाँ घाटा व्यहोरेको छ।

यसैगरी गत कात्तिकमा कुमारी सुनौला लगानी योजनाको १०.०७ रुपैयाँ न्याभ रहेकोमा मंसिरमा बढेर १०.६७ रुपैयाँ कायम भएको छ।

यो योजनाको कुल लगानी पनि बढेर मंसिरमा ३२ करोड ८९ लाख रुपैयाँ पुगेको छ। कात्तिकमा कुल लगानी ३० करोड ६ लाख रुपैयाँ थियो।

गत कात्तिकमा २ करोड १३ लाख रुपैयाँ घाटा व्यहोरेको यो योजनाले मंसिरमा भने ८७ लाख ९३ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ।

गत कात्तिकमा कुमारी इक्विटी फन्डको ९.४१ रुपैयाँ न्याभ रहेकोमा मंसिरमा बढेर ९.९९ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी बढेर मंसिरमा ९४ करोड ६७ लाख रुपैयाँ पुगेको छ। कात्तिकमा कुल लगानी ८७ करोड ७० लाख रुपैयाँ थियो।

गत कात्तिकमा ६ करोड १४ लाख रुपैयाँ नोक्सानीमा रहेको यो योजनाले मंसिरमा पनि ३५ लाख ९३ हजार रुपैयाँ घाटा व्यहोरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS