IME Life New

किसान लघुवित्तले नियम विपरितको हकप्रद प्रस्ताव फिर्ता लियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको प्रचलित नियम बिरुद्ध सत प्रतिशत हकप्रद शेयर निष्काशनको विशेष प्रस्ताव फिर्ता लिएको छ । संस्थाले आइतबार दोस्रो वार्षिक साधारणसभाको सार्वजनिक सूचना जारी गर्दा सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव उल्लेख गरेको थियो ।

संस्थाको यस्तो प्रस्तावलाई लिएर इन्स्योरेन्स खवरले नेपाल राष्ट्र बैंक सँग आधिकारिक सूचना माग गर्दा संस्थाले नियम विपरित यस्तो प्रस्ताव लगेको जानकारी दिएको थियो । संस्थाले दोस्रो बजारलाई प्रभावित पार्ने गरि सत प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव गरे पछि राष्ट्र बैंकले संस्थालाई उक्त प्रस्ताव हटाउन निर्देशन दिएको हो ।

Esewa
Crest

संस्थाले सोमबार पुनः अर्को सूचना जारी गर्दै ‘नोटः मिति २०७७ चैत ८ गते प्रथम पटक प्रकाशित सूचनामा अन्यथा हुन गएकोमा संसोधन सहित पुनः प्रकाशित गरिएको छ।’ खुलाएको छ । संस्थाले आइतबार प्रकाशित गरेको सूचनाको विशेष प्रस्तावको बुदा नम्बर दुईमा ‘सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम जारी पूँजीमा १:१ का दरले हकप्रद जारी गर्नेर तत् पश्चात संस्थाको अधिकृत पूँजी जारी पुँजी र चुक्ता पूँजीमा बृद्धि हुने भएकाले सोहि बमोजिम संस्थाको प्रवन्धपत्रका संबन्धित दफाहरु संसोधन गर्ने’ उल्लेख थियो ।

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको एकिकृत निर्देशन २०७७ मा स्पष्ट सँग हकप्रद शेयर निष्काशनका लागि स्वीकृति प्रदान नगरिने व्यवस्था छ । उक्त निर्देशनको बुदा नम्बर १५ को ‘क’ मा ‘मर्जर तथा प्राप्तिको प्रक्रियाबाट नै चुक्ता पुँजी तथा पुँजीकोष सुदृढ भई भरपर्दो वित्तीय सेवा सुनिश्चित होस् भन्ने अभिप्रायले लघुवित्त वित्तीय संस्थाहरुलाई यस बैंकबाट हकप्रद शेयर जारी गर्ने गरी प्रबन्धपत्र तथा नियमावलीको संशोधन स्वीकृति प्रदान गरिने छैन ।‘

यो पनि पढ्नुस 

राष्ट्र बैंकको नियम उल्लंघन गर्दै हकप्रद घोषणा गरेको किसान लघुवित्तको दोस्रो बजारमा प्रभावित पार्ने खेल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS