IME Life New

राष्ट्र बैंकको नियम उल्लंघन गर्दै हकप्रद घोषणा गरेको किसान लघुवित्तको दोस्रो बजारमा प्रभावित पार्ने खेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको नियम उल्लंघन गर्दै हकप्रद शेयर निष्काशनको घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको एकिकृत निर्देशन २०७७ मा स्पष्ट सँग हकप्रद शेयर निष्काशनका लागि स्वीकृति प्रदान नगरिने व्यवस्था छ ।

उक्त निर्देशनको बुदा नम्बर १५ को ‘क’ मा ‘मर्जर तथा प्राप्तिको प्रक्रियाबाट नै चुक्ता पुँजी तथा पुँजीकोष सुदृढ भई भरपर्दो वित्तीय सेवा सुनिश्चित होस् भन्ने अभिप्रायले लघुवित्त वित्तीय संस्थाहरुलाई यस बैंकबाट हकप्रद शेयर जारी गर्ने गरी प्रबन्धपत्र तथा नियमावलीको संशोधन स्वीकृति प्रदान गरिने छैन ।‘

Esewa
Crest

राष्ट्र बैंकको यो व्यवस्था अहिलेसम्म लागु रहिरहेकोले किसान लघुवित्तलाई हकप्रद शेयर निष्काशनका लागि कुनै पनि स्वीकृति प्रदान नगरिएको सहप्रवक्ता तथा सूचना अधिकारी नारायण प्रसाद  पोख्रेलले जानकारी दिए । उनले भने ‘राष्ट्र बैंकले यसै निर्देशन बमोजिम हकप्रद शेयर निष्काशनका लागि अनुमति दिन सक्दैन।’

संस्थाको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारणसभामा हाल कायम चुक्ता पुँजीको सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव गरेको छ । सञ्चालक समितिको उक्त विशेष प्रस्ताव सहित संस्थाले चैत २९ गते विशेष साधारणसभा बोलाएको छ ।

संस्थाको हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव सार्वजनिक भए सँगै आइतबार अधिकाम्स लघुवित्त वित्तीय सस्थाको शेयर मूल्य बढेको छ । किसानको पनि आइतबार अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ । राष्ट्र बैंकले हकप्रद शेयर निष्काशनमा रोक लगाएकाले पछिल्लो समय कुनै पनि लघुवित्तले यस्तो एजेण्डा साधारणसभामा लगेका छैनन् । तर किसान माइक्रोफाइनान्स पछिल्लो समय तीन चार वटा संस्थाको मर्जर पछि निर्माण भएको संस्था हो ।

किसानको यस्तो प्रस्ताव सँगै आइतबार दोस्रो बजारमा मर्जरमा गएका अन्य संस्थाले पनि हकप्रद शेयर निष्काशन गर्न पाउने हल्लाले समग्र लघुवित्तको शेयरमा उछाल आएको छ । आइतबार माइक्रोफाइनान्सको समग्र सूचक नै ५ दशमलब ७ प्रतिशतले सुधार भएको छ । ७ वटा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य लघुवित्तको शेयरमा पनि सुधार भएको छ ।

दोस्रो बजारमा मर्जरमा गएका लघुवित्तले हकप्रद शेयर निष्काशन गर्न पाउने हल्लाले मर्जरमा गएका संस्थाहरुको शेयर मूल्यमा उल्लेख्य सुधार भएको छ । राष्ट्र बैंकले हकप्रद शेयर निष्काशन गर्न नपाउने व्यवस्था गर्दा गर्दै संस्थाले सुनियोजित रुपमा बजार बढाउन यस्तो प्रस्ताव ल्याएको हुन सक्ने राष्ट्र बैंकका एक अधिकारीले बताए ।

बैंक तथा वित्तीय संस्थाले साधारणसभामा लैजाने कतिपय प्रस्तावको पुर्व स्वीकृति लिनै पर्ने व्यवस्था रहे पनि हकप्रद निष्काशन जस्ता विषयलाई राष्ट्र बैंकले पुर्व स्वीकृति दिनु पर्दैन । नियम अनुसार भोलिका दिनमा लघुवित्तले राष्ट्र बैंकबाट हकप्रद शेयर निष्काशनको अनुमति नपाउला तर संस्थाको यस्तो निर्णयले भने दोस्रो बजारलाई प्रभावित पार्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS