IME Life New

किसानको नेप्सेलाई जवाफ : राष्ट्र बैंकले हकप्रदको प्रस्ताव हटाउन निर्देशन दिए पछि फिर्ता लियौँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक दिनमै हकप्रद शेयर निष्काशनको प्रस्ताव फिर्ता लिएको किसान लघुवित्त वित्तीय संस्थाले नेपाल स्टक एक्सचेन्जलाई स्पष्टिकरण पेश गरेको छ । हकप्रद शेयर निष्काशनको सूचना सार्वजनिक गरेको भोलिपल्टै नेपाल राष्ट्र बैंकले उक्त प्रस्ताव हटाउन निर्देशन दिए पछि हटाइएको भन्दै संस्थाले स्पष्टिकरण दिएको हो ।

गएको वर्ष १० वित्तीय संस्थाहरुको पुँजीकोष प्रयाप्त नभएकोले हकप्रद शेयर निष्काशन गर्ने विषयमा छलफल भएको तर निर्णय नभएको साथै यस वर्ष पनि पुँजीकोषका लागि हकप्रद शेयर निष्काशन गर्नु पर्ने बाध्यताका कारण सञ्चालक समितिले हकप्रदको प्रस्ताव लैजाने निर्णय गरेको संस्थाले जनाएको छ ।

Esewa
Crest

संस्थाले नेपाल राष्ट्र बैंकको प्रचलित व्यवस्था अनुसार हकप्रद शेयर निष्काशन गर्न पाउदैन । तर संस्थाले प्रचलित व्यवस्थामा नगर्नु भनेको काम गरेर दोस्रो बजारमा प्रभावित पार्न खोजेको भन्दै नेपाल राष्ट्र बैंकले संस्थालाई हकप्रद शेयर निष्काशनको प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो ।

संस्थाले हकप्रद शेयरको घोषणा गरेकै दिन दोस्रो बजारमा अधिकाम्स लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको थियो । शेयरमा चलखेल गर्ने नियतले हकप्रद प्रस्ताव गरिएको भन्दै राष्ट्र बैंकले हटाउन निर्देशन दिए पछि संस्था समस्यामा परेको हो ।

नेप्सेले साधारणसभाको सूचना तथा विवरणहरु किन ढिला गरेको भन्दै केहिदिन अगाडि स्पष्टिकरण माग गरेको थियो । साधारणसभाको निर्णय भएको भोलिपल्ट सार्वजनिक विदा परेको साथै सूचना पठाउनका लागि नेप्सेको पुरानो युजर र पासवर्डले काम नगरे पछि थप ढिलाइ भएको संस्थाले जनाएको छ । चैत ९ गतेको सूचना शेयर बजारलाई प्रभावित पार्ने नियतले भन्दा पनि मानविय त्रुटीका कारण भएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS