IME Life New

किन घट्यो ज्योति लाइफ इन्स्योरेन्सको नाफा..?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं बैशाख २४: ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमशिकको प्रतिबेदन सार्बजनिक गरेको छ, कम्पनीको रिपोर्ट अनुसार कम्पनीले चालु आर्थिक वर्षको चैतसम्ममा खुद नाफा ६ करोड ४६ लाख रुपैयाँ गरेको छ, जुन अर्धबार्षिक/पौष मशान्त भन्दा १ करोड ५६ लाख कम हो ।

कम्पनीले पुषसम्ममा यस्तो नाफा ८ करोड २ लाख रुपैयाँ गरेको थियो। नयाँ संचालन अनुमति पाएर व्यवसाय शुभारम्भ गरेको ज्योति लाइफ इन्स्योरेन्सले ६ महिनामा २ हजार ८३३ वटा बीमा लेख जारी गरी ११ करोड २० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

Esewa
Crest

कम्पनीले मुद्दती निक्षेपमा एक अर्ब ५ करोड रुपैयाँ जम्मा गरेको छ। मुद्दती निक्षेप तथा बैंक निक्षेपबाट ब्याज आम्दानी १४ करोड २८ लाख रुपैयाँ रहेको छ, जीवन बिमा ब्यबसाय को लागि शाखा विस्तार, ब्यबस्थापन खर्च तथा संचालन खर्च बढेको कारण मुनाफामा संकुचन आएको देखिन्छ । हाल सम्म कम्पनीले आफ्नो बिमा पोलिसिमा कुनै पनि दाबी नपरेको जनाएको छ । साथै बिमा कम्पनीहरुको वास्तविक मुनाफा हिसाब किताबको लागि बिमाङ्किय मुल्यांकन/एक्चुरि गरे पछि मात्र वास्तविक मुनाफाको हिसाब-किताब निस्किन्छ ।

चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ तथा जगेडा कोषमा ७ करोड ४२ लाख रुपैयाँ र जीवन बीमा कोषमा ९ करोड ८० लाख रुपैयाँ रहेको छ। प्रतिशेयर आम्दानी ४ रुपैयाँ रहेको छ।

चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँ रहेको कम्पनीले चुक्तापुँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासनको तयारीमा रहेको कम्पनी ले जनाएको छ, कम्पनीले गत असोज ८ गतेदेखि औपचारिक रुपमा जीवन बीमा व्यवसाय सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS