IME Life New

किचन अप्लायन्सेस ब्राण्ड काफको औपचारिक विक्री शुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व प्रसिद्ध किचन अप्लायन्सेस ब्राण्ड काफले नेपालमा औपचारिक विक्री वितरण शुरू गरेको छ । काफका उत्पादनको लागि नेपालको आधिकारिक वितरक किचन क्राफ्ट क्रियसन्स प्रालिले बुधवारदेखि यसको औपचारिक विक्री शुरूआत गरेको हो ।

एकैपटक चार ओटा स्टोरमार्फत काफका उत्पादन लन्च गरिएको हो । जुन काठमाडौंमा त्रिपुरेश्वर, कमलादी र काठमाडौं बाहिर पोखरा र बुटवलमा एकै साथ चार स्टोर सञ्चालनमा ल्याइएको हो । कुकर हुड्स (फिल्टरलेस कुकर विथ ड्राइहिट अटो क्लिन टेक्नोलोजी), बुइल्ड इन हब्स, बुइल्ड इन इन्डक्सन हब्स, बुइल्ड इन बार बि क्यू, बुइल्ड इन ओभन, बुइल्ड इन डिसवासर, बुइल्ड इन माइक्रोवेभ, कुकिङ रेञ्ज, वाइन कुलर, बुइल्ड इन रेफ्रिजेरेटर, ओटीजी, कुक टप्स, भेन्टिलेसन फ्यान, सिन्क्स, किचन एसोसरिज, हार्डवेयर एण्ड ड्रयर सिस्टम लगायत काफका स्टोरमा पाइने बताइएको छ ।

Esewa
Crest

किचनका सामग्रीको लागि स्थापित ब्राण्ड काफका बारेमा नेपाली उपभोक्ता पनि जानकार रहेको भए पनि औपचारिक विक्री शुरुवात पहिलो पटक भएको हो । काफका उत्पादनले भारतमा उत्कृष्ट किचन सामग्रीको अवार्ड प्राप्त गरेको छ । अन्य कम्पनीका उत्पादनभन्दा सस्तो, हेर्दा राम्रो, गुणस्तरीय र टिकाउ रहेको कम्पनीको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS