IME Life New

कार्तिकमै जीवन बीमा कम्पनीले संकलन गरे १० अर्ब माथिको बीमा शुल्क, प्रथम र नविकरण सहित कसको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कार्तिक महिनामा मात्रै १० अर्ब २३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले यस महिनामा नविकरण बीमा शुल्क मात्रै ८ अर्ब २१ करोड रुपैयाँ आर्जन गरेका छन् भने प्रथम बीमा शुल्क आर्जन जम्मा २ अर्ब २ करोड मात्रै छ ।

कम्पनीहरु प्रथम भन्दा पनि नविकरण बीमा शुल्कमा केन्द्रित देखिएका छन् । बीमा व्यवसायमा मन्दी आए सँगै कम्पनीहरुले सकेसम्म पुराना बीमा पोलिसी नविकरणमै बढि ध्यान केन्द्रित गरिरहेका छन् । यसका लागि बीमितलाई नियमित रुपमा सम्पर्क गर्ने, नविकरण बीमा शुल्क बुझाउन प्रोत्साहन गरिरहेका छन् ।

Esewa
Crest

अर्को तर्फ बीमा प्राधिकरणले तीन वर्षसम्म सरेण्डर गर्न नपाउने व्यवस्था गरिदिएको छ । तीन वर्ष पछि सरेण्डरै गर्ने भए पनि बीमितहरुले दोस्रो र तेस्रो वर्षको किस्ता बुझाइरहेका छन् । अर्को तर्फ कतिपय बीमितलाई आफुले कति रुपैयाँ बीमा शुल्क बुझाउनु पर्ने हो भन्ने सामान्य जानकारी पनि नहुँदा नविकरण बीमा शुल्क भुक्तानी नगर्ने परिपाटी थियो । तर अहिले कम्पनीका कर्मचारीको ध्यान नै नविकरणमा छ । तर प्रथम बीमा शुल्क तर्फ हेर्यो भने बीमा कम्पनीका कर्मचारी र अभिकर्ताहरु अहिले कामै नपाएर बसिरहेका छन् ।

कार्तिक महिनामा सबैभन्दा धेरै नेपाल लाइफले २ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जस मध्ये नविकरणकै हिस्सा २ अर्ब २४ करोड छ भने प्रथम जम्मा ४ करोड १४ लाख मात्रै छ । त्यस्तै दोस्रो स्थानमा रहेको एलआइसी नेपालले एक अर्ब २४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा नविकरणको हिस्सा एक अर्ब ९ करोड छ भने प्रथम तर्फ १५ करोड २८ लाख मात्रै छ ।

तेस्रो स्थानमा रहेको नेशनलले एक अर्ब १० करोड बीमा शुल्क आर्जन गर्दा नविकरण मात्रै ८६ करोड ८९ लाख छ भने प्रथम तर्फ २४ करोड ९ लाख छ । चौथो स्थानमा रहेको युनियन लाइफले ५८ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा नविकरण तर्फ ५० करोड १३ लाख छ भने प्रथम तर्फ ८ करोड ५४ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ ।

नविकरण तर्फ पुराना कम्पनी बलियो

कार्तिक महिनामा सबैभन्दा धेरै नविकरण बीमा शुल्क नेपाल लाइफको २ अर्ब ४५ करोड छ । त्यस्तै दोस्रो नम्बरमा एलआइसी नेपालको एक अर्ब ९ करोड छ । तर तेस्रो स्थानमा भने नयाँ बीमा कम्पनी युनियन लाइफ छ । कम्पनीले ५० करोड १३ लाख रुपैयाँ संकलन गरेको छ ।

त्यसपछि भने पुरानै कम्पनी छ । जहाँ एशियनले ४५ करोड १० लाख, प्राइम लाइफ ३२ करोड ९२ लाख, राष्ट्रिय बीमा संस्थान ३२ करोड २७ लाख, मेट लाइफ ३१ करोड २२ लाख, सूर्या लाइफको २६ करोड ८८ लाख रहेको छ ।

प्रथम तर्फ पनि अगाडी नेपाल लाइफ, नेशनल लाइफ छन् । तर वैदेशिक रोजगार बीमालेखका कारण सन नेपाल लाइफ तेस्रो स्थानमा छ । त्यस पछि एलआइसी र सूर्या छन् । सबैभन्दा कम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा भने महालक्ष्मी लाइफ नै कायम छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

38%
happy

खुसी

38%
sad

दु :खी

13%
amazed

अचम्मित

13%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS