IME Life New

कामना सेवा विकास बैंकले पायो डीपी लाइसेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डीपी लाइसेन्स पाएको छ।  आज बैंक र सिडिएससि बीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता  सम्पन्न भएको छ ।  बैंकले यथासक्य चाडो  निक्षेप सदस्यको रुपमा  सर्बसाधारणलाई सेवा सुविधा प्रदान गर्नेछ ।

सिडिएससिको कार्यलयमा एक कार्यक्रमका बीच  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत  र सिडिएससिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आर्चायले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्  । हाल सिडिएससिबाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन् । बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु शीघ्र संञ्चालनमा ल्याउने योजना बनाएको छ ।

Esewa
Crest

बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७० करोड २ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ४८४ दशमलव ९० प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ११ करोड ९७ लाख १९ हजार रुपैयाँ नाफा गरेको थियो ।

सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एसएमएस बैैंकिङ जस्ता डिजिटल माध्यमहरुबाट समेत ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले १२८ वटा शाखा, एउटा विस्तारीत काउन्टर तथा ७० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS