IME Life New

काठमाण्डु मेट्रोपोलिटन हाेटलकाे संचालन दुई वर्षपछि धकेलियाे,जगदम्बाले हिल्टन ब्राण्ड उछिट्याएपछि एकरसँग सम्झाैता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं ।काठमाण्डाै‌  चक्रपथकाे सुकेधारामा द काठमाण्डु मेट्रोपोलिटन होटल प्रा.लि. ले निर्माण गरिरहेकाे चार तारे स्तरकाे हाेटलकाे संचालन दुई वर्ष पर धकेलिएकाे छ। हाेटल निर्माण कार्यकाे प्रारम्भमा सन् २०२४ देखि हाेटल स‌ंचालनमा ल्याउने याेजना रहेपनि निर्माण कार्यले अपेक्षित गती लिन नसकेपछि अब सन् २०२६ देखि मात्र हाेटल संचालनमा आउने भएकाे हाे ।

काठमाण्डाै‌  चक्रपथकाे सुकेधारामा निर्माणाधीन चार तारे स्तरकाे याे हाेटलमा १०६ वटा काेठा तयार हुनेछ । इक्रा नेपालले गरेकाे क्रेडिट रेटिङका क्रममा जुन २०२२ मा याे हाेटलकाे प्रति काेठा निर्माण १ कराेड ४७ लाख ३० हजार रूपैयाँ पर्ने अनुमान गरिएकाे थियाे । हाेटलकाे निर्माण लागत १ अर्ब ५६ कराेड २० लाख रूपैयाँ अनुमान गरिएकाे थियाे ।

Esewa
Crest

दुई वर्ष अघि हिल्टन वल्र्डवाइड म्यानेजमेन्ट प्रा.लि. सँग कम्तीमा दुई दशक अवधिका लागी व्यवस्थापन सम्हाल्ने सम्झौता गरेको द काठमाण्डु मेट्रोपोलिटन होटल प्रा.लि.ले चार तारे हाेटल स‌ंचालनमा नल्याउँदै अन्तर्राष्ट्रिय ब्राण्ड फेर्नुपर्ने बाध्यता भएकाे छ। हिल्टन गार्डेन इन ब्राण्ड अन्तर्गत  होटल संचालनमा ल्याउने गरी हिल्टल वर्ल्डवाइड म्यानेजमेन्ट लिमिटेडसँग प्रारम्भिक सम्झौता गरेकोमा शंकर समूह अन्तर्गतको जगदम्बा हस्पिटालिटीले हिल्टन ब्राण्ड उछिट्याई दिएपछि द काठमाण्डु मेट्रोपोलिटन अर्काे अन्तर्राष्ट्रिय साझेदार खाेज्न बाध्य भएको हो । अब मेट्रोपलिटनले मर्क्यर ब्राण्डमा हाेटल संचालनमा ल्याउने भएकाे छ।

हाेटल स‌ंचालनका लागी एकर समूहसँग सम्झाैता पत्रमा हस्ताक्षर गर्दै प्रवर्द्धक देशबन्धु बस्नेत अन्तर्राष्ट्रिय होटल संजाल समूह एकरसँग गत डिसेम्बरमा मेट्राेपलिटनले ब्राण्ड प्रयाेग र हाेटलकाे व्यवस्थापनका लागी काठमाण्डु मेट्रोपलिटनले मर्क्यर ब्राण्ड भित्र्याउने सम्झौता गरेको हो । एकर हाेटल स‌ंजाल समूहसँग भारत मध्यपूर्व अफ्रिका र टर्कीमा समेत गरी ४३० वटा हाटल रहेकाे छ। काठमाण्डाैं मर्क्यर हाेटल नेपालकाे पहिलाे एकर हाेटल हुनेछ ।

होटलकाे मुख्य प्रवर्द्धकहरुमा देश बन्धु बस्नेत (४५%), विजय मल्ल (३०%) र राजेन्द्र राउत (२५%) हुन् । उनीहरुसँग पर्यटन व्यवसायमा सीमित अनुभव छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS