IME Life New

काठमाडौंमा एशियन लाइफको अभिकर्ता संगठन निर्माण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत अभिकर्ताहरुले काठमाडौंमा संगठन निर्माण गरेका छन् । पेशागत बीमा अभिकर्ता संघ अन्तर्गत रहेको एशियन लाईफ इन्स्योरेन्स बिमक समितिले उपत्यकालाई प्रतिनिधित्व गर्दै प्रतिनिधिहरु चयन गरेको हो ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनी बिमक समितिका केन्द्रिय सचिव सन्तलाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले १५ सदस्यीय कमिटि गठन गरेको हो ।
उपत्यका कमिटिको संयोजकमा भोजराज तिमिल्सेना, सह–संयोजक भिम बहादुर कुँवर, सचिवमा कमल प्रसाद जोशी, सहसचिवमा जर्सीराम बिक, कोषाध्यक्षमा उर्मिला गुरुङ्ग, सदस्यहरुमा हर्कबहादुर रावल, जयराम जोशी, रामहरी अधिकारी, रामु श्रेष्ठ, विपिन ज्वालानन्द शर्मा, रत्न वानियाँ, शुभराजा केसी, दिनेश कुमार स्वाँर र यम नारायण श्रेष्ठ लगायतका रहेका छन ।

Esewa
Crest

यस संगठनले उपत्यकाभित्र रहेका अभिकर्ताहरुको हकहितको लागि आवाज काम गर्ने जनाएको छ । जसअन्तर्गत आठवटै शाखालाई प्रतिनिधित्व गर्दै प्रतिनिधिहरु चयन गरिएको हो ।

उपत्यकाभित्र रहेका सबै शाखामा समेत संगठन विस्तार गरिने उपत्यका कमिटि संयोजक भोजराज तिमिल्सेनाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS