IME Life New

कस–कसलाई अति जरुरी छ ‘कोभिड–१९ बीमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले हालै कोभिड–१९ बीमा पोलिसी जारी गरेको छ । नेपाल बीमक संघको नेतृत्वमा बीमा पुलमार्फत कोरोना भाइरस (कोभिड–१९) बीमालेख बिक्री पनि सुरु भइरहेको छ । बीमा समितिले सबै कम्पनीहरुलाई जिल्लाहरु नै तोकेर बीमा अभियान सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।

Esewa
Crest

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँई कोरोना बीमा देशव्यापी घुम्ती बीमाहरु मार्फत पनि बिक्री गरिने बताउँछन् । कोरोना बीमामा सबै जनता सहभागी हुन अध्यक्ष चापागाँईको आग्रह छ । कोरोना बीमा गर्दा महामारीले भेट्टाएको अवस्थामा आईसोलेशनमा बस्दा हुने छटपटि, मानसिक चिन्ता र आर्थिक भारलाई न्यूनिकरण गर्ने भएकोले सर्वसाधारणले यसबाट ठूलो लाभ लिन सक्ने अध्यक्ष चापागाँईको भनाई छ ।

कोरोना भाइरस बीमा सबैका लागि जरुरी छ नै तर पनि अति जरुरी अर्थात नगरी नहुने कस–कसका लागि हो भन्ने कोणबाट हेर्दा नेपाल बीमक संघका सचिव चंकी क्षेत्रीले नाफाको लागि होईन, जनचेतना, सामाजिक चेतनाको लागि कोभिड–१९ बीमा पोलिसी ल्याइएको बताउँदै अत्यावश्यक सेवामा काम गर्ने सबैले यो बीमा पोलिसी लिनुपर्ने सुझाव दिन्छन् । उनले भने, ‘हामीले सबै जनतालाई सेवाभावले बीमा सेवा दिने उद्देश्यले ल्याएका हौं, त्यसैले आम जनताको तहबाट सहभागिता होस् भन्ने चाहन्छौं । त्यसमा पनि अत्यावश्यक भनेर पास लिएर बाहिर हिड्नेहरुले कोभिड–१९ बीमा लिन सुझाव दिन्छु ।’

त्यस्तै, नेपाल इन्स्योरेन्सका नायब महाप्रबन्धक बिक्रान्त पाण्डे भन्दछन्, कोरोना बीमा विश्वका कैयौं देशका बीमा कम्पनीहरुले दिन नसकेको सेवा नेपाली बीमा कम्पनीहरुले दिएको बताँछन् । ‘कोरोना वा यस्तै खालको महामारीको बीमा हुँदैन, यो कुरा सबैलाई थाहा छ, तर नेपालमा सामूहिक रुपमा जोखिम बहन गरौं भने यो पोलिसी ल्याइएको हो ।’ पाण्डेले भने ‘स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, औषधी, पानी, खाद्यान्न, तरकारी र अत्यावश्यक सेवा अन्तर्गत काम गर्ने बैंक, वित्तीय संस्थाहरुले कोरोना बीमा सेवा लिईहाल्नुपर्दछ ।’ उनले त्यस्ता सेवामा खटिने सबैले कोरोना बीमा सेवा लिएर मात्रै बाहिर निस्कनु राम्रो हुने बताए ।

कोरोना बीमा सबै कम्पनीहरुले सामूहिक रुपमा जोखिम बहन गर्ने गरी अघि बढाइएको बीमा सुविधा हो । महामारीको बीमा नहुने भएपनि सामूहिक रुपमा जोखिम बहन गर्ने गरी अघि बढाइएको कोरोना बीमामा नेपालमा सञ्चालित १८ वटा निर्जिवन बीमा कम्पनी, दुई वटा विदेशी निर्जिवन बीमा कम्पनीको नेपालस्थित शाखा कार्यालय र पुनर्बीमा कम्पनी गरी कूल २१ वटा कम्पनीको संलग्नता छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS