IME Life New

कस्तो थियो १२ वर्ष अघिको नबिल बैंक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज भन्दा १२ वर्ष अघि नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल शाह कार्यरत थिए भने भुवन दहाल प्रमुख वित्त अधिकृत थिए । संचालक समितिको अध्यक्षमा सत्येन्द्रप्यारा श्रेष्ठ थिए भने संचालहरुमा सुप्रिया गुप्ता, तबीथ अवाल, मोहियुद्दीन अहमद, मिलन विक्रम शाह, शम्भुप्रसाद पौड्याल, दयारामगोपाल अग्रवाल र अच्युतप्रसाद बजगाई थिए ।

Esewa
Crest

आर्थिक वर्ष ६४/६५ को वार्षिक प्रतिवेदनलाई आधार मान्दा कम्पनीको शेयर पुँजी ६८ करोड ९२ लाख थियो भने जगेडा कोषमा १ अर्ब ७४ करोड रुपैयाँ थियो । आर्थिक वर्ष ६४/६५ मा बैंकले ३१ अर्ब ९१ करोड निक्षेप संकलन गरी २१ अर्ब ३६ करोड कर्जा प्रवाह गरेको थियो ।


आर्थिक वर्ष ६४/६५ मा बैंकले १ अर्ब ९७ करोड व्याज आम्दानी गरेकोमा ७५ करोड ८४ लाख व्याज खर्च गरेको थियो। यसको मतलब बैंकले  १ अर्ब २२ करोड खुद व्याज आम्दानीगरेको थियो। त्यो बेला कर्मचारी खर्च २६ करोड २९ लाख थियो। १ अर्ब १२ करोड संचालन मुनाफा गरेको बैंकले ७४ करोड ६४ लाख खुद मुनादा गर्न सफल भएको थियो।


बैंकको प्रति शेयर आम्दानी १०८ रुपैयाँ ३१ पैसा थियो भने मूल्य आम्दानी अनुपात ४८ गुणा थियो । वि.स. २०६५ साल असार मसान्तमा बैंकको दोश्रो बजारमा बजार मूल्य ५२७५ थियो । खराब कर्जा बैंकले १ प्रतिशत मुनी कायम गर्न सफल भएको थियो भने व्याज दर अन्तर स्प्रेड दर ३ दशमलव ९४ प्रतिशत थियो । त्यो बेला  बैंकको किताबी मूल्य निकै लोभ लाग्दो थियो।  त्यस बेला प्रति शेयार नेट्वर्थ ३५४ रुपैयाँ थियो।

१२ वर्ष पहिले नबिल बैंकमा ४१६ कर्मचारी कार्यरत थिए ।

आर्थिक वर्ष ६४/६५ मा कम्पनीले शत प्रतिशत लाभांश खुवाउन सफल भएको थियो जसमा ६० प्रतिशत नगद लाभांश थियो भने ४० प्रतिशत बोनस शेयर थियो।


१२ वर्ष पहिले नबिल बैंकका देश भर २८ वटा कार्यालयहरू थिए । त्यो बेला बैंकको ए.टि.एम. संख्या ३२ थियो ।

श्रोत : कम्पनीको आर्थिक वर्ष ६४/६५ को वार्षिक प्रतिवेदन 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS