IME Life New

कसरी चल्दैछन् बीमा कम्पनी: भर्चुअल मिटिङ, इमेल र टेलिफोनबाट दैनिक प्रशासन सञ्चालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलाई टेलिफोन गर्दा भर्खरै मिटिङ सकाउँदै थिए । हरेक दिनजस्तै उनले आज शुक्रबार अपरान्ह १७ः०० बजे पनि घरैबाट सबैको रिपोर्टिङ सुने । विहान ११ बजे र अपरान्ह ५ बजे दुई पटक अनिवार्य भिडियो कन्फ्रेन्स गर्दै आएको सिईओ भट्टराईलाई डिजिटल कार्यालयले अन्य समयमा जस्तै व्यस्त बनाएको छ । विभिन्न चार वटा समुह बनाएका उनले सबैसँग कुराकानी गर्नमै दिनभर व्यस्त हुने गर्दछन् ।

प्रभु इन्स्योरेन्सका सिईओ संचित बज्राचार्य पनि विहान ९ः३० बजे र अपरान्ह ५ बजे भिडियो कन्फ्रेन्सबाट निर्देशन दिने र रिपोर्ट लिने गर्दछन् । विहानै घरबाट निर्देशन दिएपछि दिनभरि देशैभरिका शाखा कार्यालयमा निर्देशहरु परिचालन हुन्छ, साँझ ५ बजे फेरि सबैतिरबाट रिपोर्ट उनीकहाँ आईपुग्छ । सूचना प्रविधिको योगदानका कारण महाविपदमा पनि धेरै काम गर्न सजिलो मात्रै होइन, नयाँ शैलीले काम गर्न पाउँदा नयाँ नयाँ प्रविधिसँग मित्रता गाँस्न समेत पाएको बताउँछन् सिईओ बज्रचार्य ।

Esewa
Crest

सगरमाथा इन्स्योरेन्सका सिईओ चंकी क्षेत्रीको दैनिकी पनि अन्य बीमा कम्पनीको सिइओको भन्दा फरक छैन । लकडाउन अवधीमा घरैमा बसेपनि सूचना प्रविधिकिो प्रयोगबाट दैनिक जसो मिटिङ, परिचालन र नयाँ योजना बनाउन व्यस्त रहदै आएका छन् । नेपाल बीमक संघका सचिव समेत रहेका क्षेत्री सबै बीमा कम्पनीहरु डिजिटल कार्यालयबाट सञ्चालन भइरहेको बताउँछन् । क्षेत्री भन्छन्, ‘महाविपद हो, अप्ठेरो त हुने नै भयो, तर बीमा कम्पनीका काममा बाधा पर्ने गरी ठूलो अप्ठेरोको सामाना गर्नु परेको छैन ।’ बीमा गर्न र दावी भुक्तानी लिन तथा नविकरण गर्नका लागि सबै बीमा कम्पनीहरु खुल्ला रहेको संघका सचिव क्षेत्री बताउँछन् ।

विश्वभर महामारीका कारण सिंगो देश लकडाउनमा परेपनि ३९ वटा बीमा कम्पनीहरु डिजिटल कार्यालयमार्फत बीमा सेवा सुचारु राख्दै आएका छन् । फोकल पर्सन तोकेर उनै फोकल पर्सनमार्फत परिचालन गर्ने र आफै ब्रिफिङ लिने कार्यशैलीलाई अधिकांश बीमा कम्पनीहरुले अंगालेका छन् ।

अधिकांश बीमा कम्पनीहरुको दैनिक मिटिङ भिडियो कन्फ्रेन्समार्फत हुने गरेको छ भने दैनिक प्रशासन इमेल र टेलिफोनमार्फत हुने गरेका छन् । प्रभु इन्स्योरेन्स कम्पनीका सिईओ बज्राचार्य भन्छन्, ‘हाम्रो दैनिक कार्य सम्पादनमा भिन्नता आएको छैन, नियमित भइ नै रहेको छ । कार्यशैली, प्रक्रिया केही परिवर्तन भएको छ, तर सेवाग्राहीको कुनै पनि काम रोकिएको वा अल्झिएको अवस्था छैन ।’

उता, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको डिजिटल कार्यालय पनि भिडियो कन्फ्रेन्स, टेलिफोन र इमेलमार्फत नै चल्ने गरेको बताउँछन् कम्पनीका सिइओ नूर प्रकाश प्रधान । उनी भन्दछन्, ‘आवश्यकता अनुसार भिडियो कन्फ्रेन्समार्फत बैठक गर्छौ, नत्र टिओआर भित्र बसेर काम गर्न अधिकार प्रत्यायोजन गरेकाले कुनै समस्या परेको छैन ।’ उनले केही दिनअघि चितवनमा आगोलागीको घट्ना सुन्ने वित्तिकै सर्भेयर पठाएर बीमितलाई नआत्तिन आग्रह गरिएको समेत बताए ।

यतिबेला बीमा कम्पनीहरु कर्मचारी तथा अभिकर्ताको मनोबल खस्किन नदिने ध्याउन्नमा देखिन्छ । ‘दैनिक रुपमा परेका समस्याहरुको हल गर्ने त छदैछ, यस्तो अवस्थामा उनीहरुलाई मानसिक रुपमा सबल राख्ने कुरालाई मुख्य रुपमा प्राथमिकता दिएका छौं’ महालक्ष्मी लाईफ इन्स्योरेनसका सिईओ भट्टराईले भने, महामारीमा कर्मचारी र अभिकर्तामा मानसिक रुपमा नराम्रो असर पर्न नदिन आत्मबल बढाउने काममा सक्रिय भएर लागि परेका छौं ।’ उनले थपे, ‘तलब खातामा पठाएर थप हौसला बढाउने काम भइरहेको छ । यस्तो बेलामा पैसाको कारण तनाव झेल्नु नपरोस् भनेर अस्ति एकै दिन सयौंको खातामा कमिशन तथा तलव वितरण गर्यौं ।’ अब के हुन्छ भन्ने अनिश्चितता सहित अघि बढेको महामारीले विश्वकै सर्वशक्तिमान राष्ट्र अमेरिका नै महाविपदमा फसेपछि नेपाल जस्ता विकाशोन्मुख राष्ट्रमा डर र त्रास फैलनु स्वाभाविक रुपमा लिँदै बीमा कम्पनीहरुले आप्ना कर्मचारीहरुको मनोबल उच्च राख्न आईपर्ने हरेक समस्या कम्पनीले व्यहोर्ने आश्वासन समेत दिँदै आएको छ ।

प्रभु इन्स्योरेन्सका सिईओ बज्राचार्य बीमा कम्पनीहरु सबैको दैनिक प्रशासन चलिरहेको बताउँदै बीमितहरुले सबै कम्पनीमा निर्धक्क भएर टेलिफोन, एम्प वा इमेलमार्फत सम्पर्क गर्न सक्ने बताउँछन् । उनले चौतर्फी फैलिएको त्रास र संकटको बेला कर्मचारीहरुको मनोबल बढाउन समेत सूचना प्रविधिले सहयोग पुर्याएको बताए । ‘प्रभु इन्स्योरेन्सले त एप्स समेत लन्च गरिसकेका थियो, यस्तो बेलामा एप्सले धेरै काम गर्यो । बीमितसँग सिधा सम्पर्क गर्न सफल भयौं । सुरुमा त केही अलमलिएको जस्तो भयो, अहिले सुचना प्रविधिसँग रमाउँदै कार्यालय चलाउँदै छौं ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS