IME Life New

कर्मचारी सञ्चय कोषले सुत्केरी र शिशु स्याहारका लागी दियो १४ कराेड रुपैयाँ

SPIL
प्रतीकात्मक तस्वीर
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारी सञ्चय कोषले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत एक वर्षको अवधिमा सुत्केरी स्याहारका लागी १४ करोड ३१ लाख ५२ हजार रुपैयाँ वितरण गरेको छ। कोषले गत आर्थिक वर्ष २०७९।८० को अवधिभरमा याेगदानकर्ता महिला कर्मचारीको हकमा स्वयमलाई र पुरुष कर्मचारीको हकमा श्रीमतिलाई सुत्केरी स्याहार खर्चवापत याे रकम वितरण गरेको हो ।

कोषबाट गत वर्ष १९ हजार ८७ सञ्चयकर्ता र तिनको परिवार यस्तो सुविधाबाट लाभान्वित भएका छन् । कोषले पहिलो दुई सन्तानका लागी सुत्केरी तथा शिशु स्याहार खर्चवापत प्रत्येक पटक ७ हजार ५०० रुपैयाँका दरले सहयोग रकम उपलब्ध गराउँदै आएको छ।

Esewa
Crest

सुत्केरी स्याहारवापतको रकम भुक्तानी लिनका लागी बच्चा जन्मेको ६ महिनाभित्र सुविधाका लागी सञ्चय कोषको कार्यालयमा निवेदन दिनुपर्छ । नवजात शिशुको जन्म पुष्टी गर्ने गरी अस्पताल वा स्वास्थ्य स‌ंस्थाले जारी गरेको प्रमाण पत्र वा स्थानीय निकायले जारी गरेको जन्मदर्ता प्रमाण पत्र सहित निवेदन पेश गर्नुपर्छ।

यसैगरी गत आवमा साधारण रोगको उपचारका लागी १ हजार ९१७ याेगदानकर्तालाई ७ करोड ६५ लाख रुपैयाँ भुक्तानी गरिएको कोषले जानकारी दिएको छ। घातक राेगको उपचारका लागी ५४० योगदातकर्तालाई ९ करोड ५९ लाख रुपैयाँ भुक्तानी गरेको छ।

यसैगरी ७९० याेगदातकर्ताको परिवारजनलाई काजकिरियावापत ३ करोड १५ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको छ। दुर्घटनामा परी अकालमै ज्यान गुमाएका योगदानकर्ताको आश्रित परिवारजनलाई कूल ३ करोड २८ लाख रुपैयाँ भुक्तानी गरेको छ। दुर्घटना क्षतिपूर्तीवापत १६४ जना हकवालालाई यो रकम उपलब्ध गराएको हाे ।

कोषले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत गत आवमा १९ हजार ८९५ सञ्चयकर्ता र तिनको हकवालालाई कूल ३७ करोड ४१ लाख रुपैयाँ वितरण गरेकोमा गत आवमा २२ हजार ९६५ सञ्चयकर्ता तथा तिनको हकवाला समेतलाई गरी ४४ करोड ७६ लाख रुपैयाँ बढी रकम वितरण गरेको थियो ।

सञ्चयकर्ता स्वास्थ्योपचार योजना अन्तर्गत सञ्चयकर्तालाई साधारण रोग लागी उपचार गराएको हकमा प्रत्येक आर्थिक वर्षमा १ लाख रूपैयाँसम्म र घातक रोगको उपचारको हकमा सेवा अवधिभरमा अधिकतम १० लाख रूपैयाँसम्म रकम सोधभर्ना प्रदान गरिदिने सुविधा छ । दुर्घटना क्षतिपूर्ति योजना अन्तर्गत निज वा निजको हकवालालाई २ लाख रुपैयाँ, काजक्रिया अनुदानवापत हकवालालाई आर्थिक अनुदान स्वरुप ४० हजार रूपैयाँ उपलब्ध गराउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS