IME Life New

कर्मचारी संचयकोष र राष्ट्रिय बीमा कम्पनीबीचको स्वास्थ्य बीमा सम्झौता भंग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारी संचय कोषले राष्ट्रिय बीमा कम्पनीसँगको सम्झौता एकतर्फी रुपमा भंग गरेको छ । सञ्चय कोषले यही पुस १ गतेदेखि लागू हुने गरी आगामी वर्षको लागि नयाँ बीमा पोलिसी जारी नगरेको राष्ट्रिय बीमा कम्पनीले जनाएको छ । कर्मचारी संचयकोषका निवृतिभरण व्यवस्थापन तथा सामाजिक सुरक्षा विभागका विभागीय प्रमुख दर्शन भट्टराईले गत वर्ष राष्ट्रिय बीमा कम्पनीसँग गरेको सम्झौता भंग भएको दावी गरे । उनले भने, हामीले नविकरण गरेनौं, आफैले बैकल्पिक व्यवस्था गरेका छौं । भट्टराईले नविकरण नगरेपछि सम्झौता स्वतः भंग भएको बताए ।

Esewa
Crest

तीन वर्षको लागि सम्झौता गरेको कोषले राष्ट्रिय बीमा कम्पनीले दावी भुक्तानीमा झन्झट गरेको भन्दै गत वर्ष गरेको उक्त सम्झौता एकतर्फी रुपमा भंग गरेको हो । राष्ट्रिय बीमा कम्पनीले भने सम्झौता अझै भंग भइनसकेको आफूहरुले पठाएको पत्रको जवाफ आइनसकेको जनाएको छ ।

राष्ट्रिय बीमा कम्पनीका सिईओ डिल्ली राज अर्यालले भने, ‘म अहिले पनि कोषलाई पठाएको पत्रको प्रतिक्षामा छु, केही अप्ठेरो परेको हो भने कुनै बुँदाहरु संशोधन गर्ने हो भने त्यस्तो बुँदा संशोधन गरेरै भएपनि तीन वर्षे सम्झौता नविकरण हुन्छ भन्ने आशामा छु ।’

राष्ट्रिय बीमा कम्पनीका सिईओ अर्यालले कर्मचारी संचय कोषले गत वर्ष पुस १ गतेदेखि सुरु गरेको छ लाख कर्मचारीको स्वास्थ्य बीमा नविकरण नगरेको पुष्टि गरेका छन् । उनले भने, ‘अहिले नै भंग भएकै भन्न मिल्दैन, हामीलाई कुनै औपचारिक जानकारी नआएकोले हामीले भंग भएको ठानेका छैनौं ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS