IME Life New

कर्मचारीलाई मालामाल बनाउँदै विश्वकै उत्कृष्ट एयरलायन्स, ८ महिनाको तलबबराबरको बोनस दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वकै उत्कृष्ट एयरलायन्स कम्पनीले आफ्ना कर्मचारीलाई ८ महिना तलबराबरको बोनस वितरण गर्ने भएको छ।

सिंगापुर एयरलायन्सले आफ्ना कर्मचारीलाई यसरी मालामाल बनाउन लागेको हो। यो कम्पनीले बोनसका रुपमा आफ्ना कर्मचारी ८ महिनाको तलबराबरको रकम वितरण गर्ने निर्णय गरेको छ।

Esewa
Crest

यद्यपि कम्पनीले यो निर्णयबारे औपचारिक रुपमा जानकारी गराइसकेको छैन। तर, कम्पनी स्रोतले भने यसबारे पुष्टि गरेको छ।

सिंगापुर एयरलाइन्सले वित्त वर्ष २०२३।२४ मा वार्षिक १ अर्ब ९८ करोड डलर नाफा आर्जन गरेको छ। यो हालसम्मकै उच्च हो।

सिंगापुर ध्वजावहाक यो कम्पनीले यस वर्ष पनि विश्वकै उत्कृष्ट एयरलायन्स बन्न सफल भएको छ। आफ्नो स्थापनाको २३ औँ वर्ष सिंगापुर एयरलायन्स पाँचौँपटक उत्कृष्ट बन्न सफल भइसकेको छ। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS