IME Life New

कर्मचारीलाई बोनस बाँड्ने अनौठो तरिका, टेबलमा अर्बौं रकम फिँजाएर जति सक्छौ लैजान भनियो (भिडियोसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एउटा चिनियाँ कम्पनीले आफ्ना कर्मचारीलाई बोनस यसरी बाँड्यो कि यो विश्वभर चर्चाको विषय बनेको छ। यो चिनियाँ फर्मले क्रेन निर्माण गर्छ र यसको नाम ‘हेनान माइनिङ क्रेन कम्पनी लिमिटेड’ हो।

कम्पनीले ११ करोड ८० लाख सिंगापुर डलर (१२ अर्ब रुपैयाँ बढी) एउटा टेबलमा फिँजाएर आफ्ना कर्मचारीलाई लान सकेजति रकम बोनसका रुपमा लैजान भनेको थियो। रिपोर्टका अनुसार हेनान माइनिङले आफ्ना कर्मचारीलाई बोनस दिने यो तरिका सामाजिक सञ्जालमा पनि निकै भाइरल भइरहेको छ।

Esewa
Crest

क्रेन कम्पनीले करिब ७० मिटर लामो टेबलमा नगद रकम फैलाएर आफ्ना कर्मचारीलाई समयसीमा दिएको थियो। यस अवधिमा जतिसक्दो नगद लिन १५ मिनेटको समय रहेको कम्पनीले जनाएको थियो। यसका लागि कम्पनीले ३०–३० कर्मचारीको टोली बनाएर एक–एक गरी सबैलाई मौका दिएको थियो।

यो विशेष बोनस कम्पनीले जनवरी २५ मा वितरण गरेको हो। सामान्यतया कुनै कम्पनीले बोनस दिँदा कर्मचारी उत्साहित हुन्छन् र यो बोनस सीमाविहीन छ भने के भनौँ ? यो अनौठो बोनस बाँडेको भिडियो चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म ‘डोयिन’ र ‘वेइबो’मा भाइरल भइरहेको छ।

टेबलमा पैसा फिँजाएर बोनस बाँड्दै गएको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रयोगकर्ताले यसमा आ–आफ्नो तरिकाले कमेन्ट गरेका छन् र अधिकांशले यसको मालिकको प्रशंसा गरेका छन्।

भाइरल भइरहेको भिडियोमा टेबलमा पैसा राखिएको देख्न सकिन्छ र कर्मचारी त्यसलाई गन्दै र संकलन गरिरहेको देखिन्छ। यतिमात्र होइन उनीहरुको हातमा नोटको बन्डल बोकेर बसेको देखिन्छ।

यसअघि पनि कम्पनीले आफ्ना कर्मचारीलाई करोडौं रुपैयाँको बोनस वितरण गरिसकेको छ। हेनान माइनिङ क्रेन कम्पनीले सन् २०२३ मा १ करोड ४० लाख सिंगापुर डलर बोनस दिएको थियो भने पनि प्रतियोगितामार्फत कम्पनीले बढी बोनस बाँडेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS