IME Life New

कर्णालीका भूकम्प प्रभावितका लागि अन्तर्राष्ट्रिय रेडक्रसले ७३ करोड रुपैयाँ जुटाउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी र रेड क्रिसेन्ट सोसाइटी महास‌ंघले कर्णाली प्रदेशका भूकम्प प्रभावितको उद्धार र राहतका लागी ५० लाख स्वीस फ्रान्क (७३ करोड ५३ लाख ८७ हजार रूपैयाँ) सहयोग जुटाउने घोषणा गरेको छ।

महासंघको मुख्यालयले आपतकालीन कोषबाट तत्कालका लागि ११ करोड ४० लाख ४३ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिएको छ। महास‌ंघले नेपालका भूकम्प प्रभावितको राहतका लागि आपतकालीन अनुरोध जारी गर्दै सहयोगका लागि हात अघि बढाउन अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध समेत गरेको छ।

Esewa
Crest

कात्तिक १७ गतेको शक्तिशाली भूकम्पबाट प्रदेश अन्तर्गतको जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावितको उद्धारका लागि नेपाल रेडक्रस सोसाइटीका स्वयम् सेवकहरु पहिलो दिनदेखि नै उद्धार कार्यमा खटिएको महास‌ंघले जानकारी दिएको छ। ३० हजार घर भत्किएको र क्षतिग्रस्त भएकाले झण्डै ३५ हजार सर्वसाधारणहरु आवासबिहीन अवस्थामा बाँच्नु परिरहेको महास‌ंघले उल्लेख गरेको छ।

महासंघका प्रतिनिधि हेर्भ गेजाउले प्रतिकूल माैसमलाई ध्यानमा राख्दै महास‌ंघले भूकम्प प्रभावित परिवारलाई सक्दो चाँडो सहयोग गर्न अपिल गरेको बताएका छन् ।

हाल, आपतकालीन सहायता जारी रहेपनि हजारौं प्रभावित परिवारहरू वैकल्पिक आश्रय बिना खुला आकाशमूनी अर्को भूकम्पको डरमा बसिरहेका छन्। जाडो शुरु भएसँगै राहत, बासस्थान र अत्यावश्यक न्यानो वस्तुको उपलब्धता अत्यावश्यक बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS