IME Life New

कर्जा विस्तारमा एनआईसी एशिया सबैभन्दा धेरै आक्रामक, माघमा १० अर्बले कर्जा विस्तार हुँदा २ अर्बले घट्यो निक्षेप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। कर्जा विस्तारमा एनआईसी एशिया बैंक थप आक्रामक देखिएको छ। चालु आर्थिक वर्षको ७ महिनामा बैंकले ६९ अर्ब ३६ करोड रुपैयाँले कर्जा विस्तार गरेको छ। कतिपय बैंकको कर्जा विस्तार ऋणात्मक हुँदा एनआईसी एशिया भने आक्रामक बनिरहेको छ। बैंकले माघ मसान्तसम्ममा २ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। गत असारमा बैंकको कर्जा लगानी जम्मा एक खर्ब ७३ अर्ब रुपैयाँ थियो। पछिल्लो एक महिनामै भने १० अर्ब भन्दा धेरैले कर्जा विस्तार गरेको हो।

बैंकले यसै अवधिमा निक्षेप संकलन भने ६४ अर्ब ४६ करोड रुपैयाँले बढाएको छ। निक्षेप संकलनको तुलनामा कर्जा विस्तार धेरै गरेको हो। पछिल्लो एक महिनामा निक्षेप संकलन २ अर्ब रुपैयाँले घटेको छ। जवकी पछिल्लो एक महिनामा कर्जा विस्तार भने १० अर्ब भन्दा धेरैले बढेको छ। बैंकले निक्षेपको व्याजदर ह्वात्तै घटाउदा यसको असर निक्षेप संकलनमै परेको हो। बैंक कर्जा विस्तारमा आक्रमक हुँदै गर्दा आधार व्याजदर घटाउन बैंकले निक्षेपको व्याजदर तल झारिरहेको छ।

Esewa
Crest

बैंकको पछिल्लो ७ महिनाको निक्षेप संकलन तथा कर्जा विस्तार

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS