IME Life New

करेन्ट लागेर मृत्यु भएका तामाङ परिवारलाई २० लाख बीमा दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सोलुखुम्बु । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जिल्ला शाखा सोलुखुम्वुले २० लाख ७२ हजार रुपैयाँ मृत्यु दावी बापत भुक्तानी प्रदान गरेको जनाएको छ ।

यही असोज ६ मंगलवार गते सदरमुकाम सल्लेरीमा करेन्ट लागेर मृत्यु भएका माप्य दुधकोशी गाउँपालिकाका कार्यापालिका सदस्य एवम् वडा नम्बर ५ का वडा अध्यक्ष निमराज तामाङको जीवन बीमा बापतको रकम श्रीमती सिता तामाङलाई २० लाख ७२ हजारको चेक आज बीमितको घरमै पुगेर एक कार्यक्रमवीच हस्तारण गरिएको हो ।

Esewa
Crest

२०७५ साल असोज १६ गते तामाङले सुरक्षित जीवन वीमा योजना अन्तरगत १० लाखको २१ बर्षे जीवन वीमा गरेका ३९ बर्षिय तामाङको सल्लेरी च्याल्सा विद्युत कम्पनीको हाइटेन्सन लाइनमा करेन्ट लागेर मृत्यु भएको थियो । दुर्घट्ना सेवा लाभ वापत १० लाख र १ बर्षको वोनस ७२ हजार गरी एकमुष्ठ रकम वापतको चेक सोलुखुम्बुका संघिय सासंद हेमकुमार राई ‘सुरवीर’ र प्रदेश सासंद बुद्धिकुमार राजभण्डारीले संयुक्त रुपमा मृतक तामाङको श्रीमतीलाई हस्तान्तरण गरेको सो कम्पनीले जनाएको छ ।

बुद्ध धर्म अनुसार मृतकको सातौ दिनमा गरिने विशेष पाठ पुजाको अवसर पारी सो मृत्यु दावी भुत्तानी गरिएको कम्पनीले जनाएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जिल्ला शाखा सोलुखुम्बुका म्यानेजर प्रकाश वावु कार्कीका अनुसार नेपाल लाइफमा नै मृतक तामाङ जीवन सारथी योजनामा अर्काे वीमा रहेको र सो वीमा विराटनगर शाखाबाट पोलिसी जारी भएको र हाल कोभिडका कारण विराटनगर शाखा वन्द भएकोले केही समयपछि सो भुत्तानी पनि दिइने जानकारी दिए ।

सो चेक हस्तान्तरण कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ जिल्ला शाखा सोलुखुम्बुका अध्यक्ष मान वहादुर कटुवालको उपस्थितीमा सो मृत्यु दावी भुत्तानी गरिएको हो । – डि.वि.खालिङ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS