IME Life New

करका दर वृद्धिविरुद्ध केन्यामा हिंसात्मक प्रदर्शन, संसद भवनमा आगजनी, ५ जनाको मृत्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । करका दरहरु बढाइएकोमा केन्यामा ठूलो प्रदर्शन भएको छ। प्रदर्शनकारीको एउटा समूह प्रहरी सुरक्षाघेरा तोडेर संसदमा प्रवेश थियो। त्यो समूहले संसद भवनको एउटा भाग पनि जलाइदिएको छ। पुलिस कारबाहीमा हालसम्म पाँचजनाको ज्यान गएको छ।

केन्या सरकारले भर्खरै नयाँ आर्थिक विधेयक पेस गरेको थियो। जसमा धेरै करका दर बढाइएको छ। केन्याका जनता सडकमा उत्रिएका छन् र यी वृद्धिको विरोध गरिरहेका छन्।

Esewa
Crest

केन्यामा भएको प्रदर्शनलाई नियन्त्रण गर्न सेना परिचालन गरिएको छ । नयाँ आर्थिक विधेयकलाई लिएर केन्यामा केही दिनदेखि यी विरोध प्रदर्शन भइरहेका थियो तर मंगलबार संसदमा विधेयक पारित भएपछि आन्दोलनले हिंसात्मक रुप लिएको होे । प्रदर्शनकारीले संसदमा प्रवेश गरी तोडफोड गर्नुका साथै केही भागमा आगजनीसमेत गरेका थिए।

केन्या मेडिकल एसोसिएसनका अनुसार प्रहरीले धेरै राउन्ड गोली चलाएको थियो। जसमा कम्तीमा ५ जनाको प्रदर्शनकारीको मृत्यु भएको छ।
रबरको गोली र अश्रु ग्यासको शेल पनि प्रयोग गरिएको थियो। जसमा सयौं मानिस घाइते भएको बताइएको छ।

केन्याका राष्ट्रपति विलियम रुटोले देशको सुरक्षा र स्थिरतालाई खतरामा पार्ने खतरनाक अपराधीहरुलाई कारबाही गर्न सबै उपाय प्रयोग गर्ने बताएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS