IME Life New

कम्पनी दर्ताका लागी शुल्क नलाग्ने निर्णय अझैसम्म कार्यान्वयनमा आएन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नयाँ कम्पनी दर्ता र पूँजी वृद्धिकाे स्वीकृतिका लागी शुल्क नलाग्ने व्यवस्था अझैसम्म कार्यान्वयनमा आउन सकेकाे छैन । चालू आर्थिक वर्षकाे बजेट वक्तव्य मार्फत् घाेषणा गरिएकाे ४५ दिन बितिसक्दा पनि शुल्क नलाग्ने व्यवस्था अझैसम्म कार्यान्वयनमा नआएकाे हाे ।

कम्पनी रजिष्ट्रारको कार्यालयले साेमबार सार्वजनिक सूचना जारी गर्दै बजेट वक्तव्यमार्फत् घाेषित व्यवस्था नेपाल राजपत्रमा प्रकाशन नभएसम्म  कार्यान्वयनमा नआउने जनाएकाे छ। राजपत्रमा प्रकाशन नहुँदासम्म पुरानै व्यवस्था अनुसार शुल्क भुक्तानी गरेर मात्र नयाँ कम्पनी दर्ता र पूँजी वृद्धिकाे स्वीकृति प्रदान गर्ने प्रष्ट पारेकाे छ।

Esewa
Crest

कम्पनी रजिष्ट्रारकाे कार्यालयका सूचना अधिकारी शेखर बाबु कार्कीले सूचना जारी गर्दै सरकारको नीति कार्यान्वयनका लागी राजपत्रमा प्रकाशन हुनुपर्ने भएकाले साे सुविधाका लागी अझै केही समय कुर्नुपर्ने जनाउ दिएका छन्।

कार्यालयबाट जारी सूचनामा, ‘उक्त व्यवस्था नेपाल राजपत्रमा प्रकाशित नभएसम्मका लागि साविक बमोजिम शुल्क तिरी नयाँ कम्पनी दर्ता गर्न र कम्पनीको पूँजी वृद्धि गर्ने कार्य निरन्तर भइरहेको व्यहाेरा समेत अनुरोध छ। अतः परिमार्जित नीति बमोजिमको सुविधाको लागि केही दिन प्रतीक्षा गर्न वा साबिक बमोजिम शुल्क तिरी कम्पनी दर्ता र पूँजी वृद्धिको सेवा लिन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको ’ उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS