IME Life New

कमजोर नियमनः सोनाली लाइफमा पैसै लगानी नगरी अध्यक्ष मुस्तफाको परिवार सञ्चालक समितिमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ब‌ंगलादेशको पूँजीबजारमा सूचीकृत जीवन बीमक सोनाली लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष मुस्तफा गुलाम कुद्दुसले शेयरवापतको पैसा नै लगानी नगरी सञ्चालक बनेको लगायत १७ वटा अनियमितताका विषयमा बीमा नियामकले अनुसन्धान शुरु गरेको छ। नियामक आइडीआरएले कम्पनीको दुई बैंक मुद्दती खाता धितो राखेर अध्यक्ष कुद्दुसले शेयरमा लगानी गर्न ऋण लिएको उजुरीबारे छानबिन भई रहेको जानकारी दिएको छ।

आइडिआरएआइका अनुसार अध्यक्ष कुद्दुसले व्यक्तिगत कामका लागि जीवन बीमा कम्पनीको बैंक खाताबाट लिएको ऋण रकम पछि चुक्ता गरेका छन् । अध्यक्ष गुलाम कुद्दुसले आफ्नो परिवारका सदस्यसहित अन्य थुप्रैलाई जीवन बीमा कम्पनीको ऋण रकमबाट शेयर लगानीका लागि पूँजी जुटाई दिएका छन् । यसरी लाभ लिएकाहरुमा उनकी श्रीमती फजलेतुन नेचा, छोरा मुस्तफा कमरुस सोभन, कान्छी छोरी तस्निया कमरुन अनिका र अन्य केही सञ्चालक र शेयरधनी समेत छन्।

Esewa
Crest

हामी अहिले सोनाली लाइफको लगानीको रकम दुरुपयोगबारे अनुगमन गरिरहेका छौं, आइडिआरएआइका प्रवक्ता जहाँगिर आलमलाई उद्घृत गर्दै इन्स्योरेन्स न्युज बिडीले उल्लेख गरेको छ,लगानीका अन्य धेरै विषयहरु पनि छानबिन भई रहेको छ। छानबिनका लागि मागिएको जानकारीहरु दिन कम्पनीले आनाकानी गर्दै आएको छ।

बीमा ऐन अनुसार जीवन बीमा कम्पनीको चुक्ता पुँजी कम्तीमा ३० करोड रुपैयाँ हुनुपर्नेछ । योमध्ये १८ करोड रुपैयाँ संस्थापक शेयरधनीको छ । बाँकी १२ करोड रुपैयाँ पूँजी सर्वसाधारणबाट जुटाउने व्यवस्था छ ।२०१३ मा स्थापना हुँदा सोनाली लाइफमा १२ जना संस्थापक निर्देशक थिए, अहिले २० जना छन् । शुरुमा मुस्तफा गुलाम कुद्दुसकी जेठी छोरी फौजिया कमरुन सोभन, जेठो छोरा मुस्तफा कमरुन सोभनकी श्रीमती सफिया सोभन चौधरी र कान्छी छोरी तस्निया कमरुन अनिकाका पति शेख मोहम्मद डेनियल सञ्चालक भए । पछि, मुस्तफा गुलाम कुद्दुस सहित उनको परिवारका अन्य सदस्यहरू सञ्चालक नियुक्त भए।

आईडीआरएले उद्यमीहरूको सेयरमा १० करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी वृद्धि गर्न स्वीकृत गरेको थियो । त्यसपछि त्यही वर्षको १० संस्थापक सञ्चालकको नाममा १० करोड ५० लाख रुपैयाँको शेयर खरिद गरेको देखाइएको थियो । १० रुपैयाँ अंकित मूल्यको नयाँ शेयरको कुल कित्ता १ करोड ५ लाख रहेको छ ।

आईडीआरए स्रोतका अनुसार मुस्तफा गुलाम कुद्दुस र केही सञ्चालकले आ–आफ्नो नाममा छुट्टाछुट्टै पे-अर्डर गरी कम्पनीको कोषमा शेयर मूल्य चुक्ता गरेको देखाएको छ । यद्यपि, सोनाली लाइफको मुद्दती निक्षेप (एफडीआर) धितो विरुद्ध पे अर्डर लिएको थियो। सोनाली लाइफको साउथ बङ्गाल एग्रिकल्चर एन्ड कमर्स बैंक (SBAC) मा १० करोड रुपैयाँ मुद्दतीबाट नै एउटै चेकबाट ८ करोड ९५ लाख रुपैयाँ ऋण रकम झिकिएको थियो । यसैगरी अर्को मुद्दती खाताबाट १ करोड ५५ लाख रुपैयाँ झिकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS