IME Life New

कतार एयरवेजले दक्षिणी अफ्रिकी एयरलाइन्समा २५ प्रतिशत शेयर किन्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको प्रमुख हवाई सेवा प्रदायकमध्येको दोहा कतार एयरवेजले दक्षिण अफ्रिकाको हवाई सेवामा आफ्नो लगानी बिस्तार गरेको छ। दोहा कतार एयरवेज समूहले दक्षिण अफ्रिकाको क्षेत्रिय हवाई सेवा प्रदायक एयरलिङ्कको २५ प्रतिशत शेयर स्वामित्व खरिद गरेको हो।

यो लगानीले अफ्रिकी महादेशमा आर्थिक र व्यापारिक सम्भाव्यतालाई साकार पार्ने प्रमुख चालकको रूपमा कतार एयरवेजको स्थितिलाई थप बलियो बनाउनेछ। यो शेयर स्वामित्वको प्राप्तीसँगै कतार एयरवेजले अफ्रिकी महाद्वीपमा आफ्नो उपस्थितिलाई थप बिस्तार गर्ने घोषणा गरेको छ।

Esewa
Crest

एभिएटर डट एरोका अनुसार १५ अफ्रिकी देशका ४५ भन्दा बढी गन्तव्यमा एयरलिङ्कले उडान भर्दै आएको छ। अब कतार एयरवेजको प्रवेशसँगै दुबै एयरलाइन्सबीच हवाई सेवाका लागि कोड-साझेदारी हुनेछ।

घोषणा कार्यक्रमलाइ सम्बोधन गर्दै कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर बद्र मोहम्मद अल-मीरले भने, “एयरलिङ्कमा हाम्रो लगानीले हाम्रो व्यवसायको भविष्यको लागि अफ्रिकालाई कत्तिको अभिन्न रूपमा देखेका छाैं भन्ने देखाउँछ। यो साझेदारीले लचिलो, फुर्तिलो, आर्थिक रूपमा बलियो र ठोस सिद्धान्तमा शासन गर्ने कम्पनीको रूपमा एयरलिङ्कमा हाम्रो विश्वास मात्र देखाउँदैन, समग्रमा अफ्रिकामा पनि ठूलो सम्भावना देखाउँछ। ”

कतार एयरवेजले हाल अफ्रिकाका २९ गन्तव्यहरूमा उडान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS