IME Life New

कटहरीयामा  युवा संग महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले रौतहट जिल्लाको कटहरीया नगरपालिकामा “युवा संग महालक्ष्मी लाईफ”कार्यक्रम सम्पन्न गरेको छ । यहि आश्विन ३० गते जनता माध्यामिक विधालयको भवनमा संचालित बीमा जागरण कार्यक्रममा चालीस जना भन्दा बढी युवाहरूको सहभागिता थियो ।

महालक्ष्मी लाईफको क्षेत्रिय प्रमुख दिगम्बर प्रसादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बीमा जागरण अभियानका केन्द्रीय सदस्य रिषिकान्त गुप्ता, जिल्ला सदस्य रोहित कुमार गुप्ता र राजेश कुमार साहले बीमाको महत्व बारेमा जानकारी गराएका थिए । क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले सहभागिहरूलाई प्रशिक्षण दिएका थिए । कार्यक्रम पछि बीमा जागरण राष्ट्रिय अभियान रौतहट जील्ला कमिटि गठन गर्ने विषयमा छलफल तथा सहमति भएको छ ।

Esewa
Crest

२०७८ आश्विन महिनाबाट सुरु भएको “युवा संग महालक्ष्मी लाईफ” बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम अन्तर्गत एक महिनाको अवधिमा नौ वटा जिल्लाको बाह्र स्थानमा सम्पन्न भैसेकेको छ ।कार्तिक महिना भित्र थप ६ वटा जिल्लामा  कार्यक्रम सम्पन्न गरी प्रत्येक जिल्लामा ११ देखि २१ सदस्यिय बीमा जागरण  राष्ट्रिय अभियानको जिल्ला कमिटी गठन गरी उनीहरु मार्फत जिल्ला भित्र बीमा जनचेतना कार्यक्रमलाई अझै प्रभावकारी रुपमा लिएर जाने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS