IME Life New

ओरियन्टल इन्स्योरेन्सद्वारा वित्तीय अनुशासन उल्लंघन, प्रथमको लुकाएर दोस्रो त्रैमासको विवरण सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओरियन्टल इन्स्योरेन्सले बीमा समितिले तोकेको वित्तीय अनुशासन उल्लंघन गर्दै पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक नगरी दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

भारतीय बीमा कम्पनी ओरियन्टल इन्स्योरेन्स कम्पनीको नेपालस्थित शाखा कार्यालयले प्रचलित नेपालको कानुन अनुसार साउन १ गतेदेखि असोेज मसान्तसम्म प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक नगरी दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

Esewa
Crest

बीमा समितिले प्रत्येक बीमा कम्पनीहरुलाई प्रत्येक त्रैमासको वित्तीय विवरण ३० दिनभित्र राष्ट्रियस्तरको सञ्चार माध्यमबाट सार्वजनिक गर्नुपर्ने अनिवार्य गरेको छ । तर, नेपालमा दर्ता नभई शाखा कार्यालयमार्फत कारोबार गर्दै आएको ओरियन्टलले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक सञ्चार माध्यमबाट सार्वजनिक नगरेको मात्रै नभई आफ्नो वेभसाईटमा समेत समावेश नगरी सरकार, नियामक निकाय तथा सर्वसाधारणलाई झुक्याउने काम गरेको छ ।

यसैबीच, सो बीमा कम्पनीले मंगलबार दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । पछिल्लो प्रतिवेदनमा पहिलो त्रैमासको विवरण समावेश गरेपनि सो विवरण बीमा समितिमा बुझाए नबुझाएको खुलेको छैन । बीमा समितिले सो सम्बन्धमा अनुसन्धान गरेर मात्रै जवाफ दिने जनाएको छ ।

विवरण सार्वजनिक नगर्ने बीमा कम्पनीमाथि बीमा ऐन २०४९ को दफा ३६ बमोजिम कारवाही हुने बीमा समितिले जनाएको छ । समितिका कानुन अधिकृत दिनेश कुमार लालका अनुसार बीमा समितिको निर्देशनहरु पालना नगर्ने बीमा कम्पनीलाई तीनदेखि १० हजार रुपैयाँ जरिवना हुनसक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS