IME Life New

ऐन विपरित सुशासन निर्देशिका जारी गरेको प्राधिकरणले बीमकसँग किन माग्यो यस्तो जानकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ को प्रावधान उलंघन गर्दै अन्य संगठित संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेकाहरूको सम्बन्धमा बीमकसँग लिखित जानकारी मागेको छ ।

प्राधिकरणले १ जुलाईमा इमेलमार्फत् मागेको जानकारीमा बहालवाला सञ्चालक तथा कर्मचारीहरू अन्य बीमक, बैंक वा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने संगठित संस्थाको सञ्चालक रहेको वा अन्य कुनै बीमकको संस्थापक समूहको आधारभूत शेयर लिएको बहालवाला सञ्चालक वा कर्मचारी बीमा ऐन २०७९ दफा ५०(ङ) बमोजिम सञ्चालक भई कार्य गरि रहेको भए सोको विवरण पेश गर्न निर्देशन दिएको हो ।

Esewa
Crest

प्राधिकरणले पर्याप्त समय समेत नदिई १ जुलाई अर्थात् असार १७ गते ५ बजेभित्रै विवरण पेश गर्न निर्देशन दिए पनि अधिकांश बीमकले विवरण पेश गरेनन् । प्राधिकरणले माग गरेको सूचना बीमकसँग अध्यावधिक अवस्थामा नहुने भएकाले बीमकले विवरण पेश नगरेका हुन् ।

प्राधिकरणको द्वैध चरित्रः

बीमकको संस्थागत सुशासन निर्देशिका २०८० मा ऐनको प्रावधानको गलत व्याख्या गर्दै प्राधिकरणले बीमकको कर्मचारीलाई अन्य बीमकको सञ्चालक बन्ने बाटो खुला गरि दिएको थियो । अहिले असार मसान्तमा पुनः बीमा ऐनको प्रावधान कोट्याउँदै बीमकसँग जानकारी माग्नुले प्राधिकरण नेतृत्वको दुषित मनशाय देखिन्छ।

बीमा ऐन २०७९ को दफा ५० को ‘ङ’ मा ‘बीमक वा बैंक तथा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने सङ्गठित संस्थाको सञ्चालक रहेको वा अन्य कुनै बीमकको संस्थापक समूहको आधारभूत शेयर लिएको बहालवाला सञ्चालक वा कर्मचारी’ अन्य कुनै बीमकको सञ्चालक हुन अयोग्य ठहरिने प्रावधान छ। यही प्रावधानको उलंघन गर्दै संस्थागत सुशासन निर्देशिकाको प्रावधान अन्तर्गत बहालवाला कर्मचारीले अन्य बीमक र निक्षेप संकलन गर्ने संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका छन् ।

प्राधिकरणले ऐनको प्रावधानका सम्बन्धमा चासो राखेपनि बीमकको संस्थागत सुशासन निर्देशिका २०८० को दफा १२ उपदफा (७) को प्रावधानले ऐनको प्रावधानको उपेक्षा गरेको छ। उपदफा (७) मा कुनै एक किसिमको बीमकले अर्को किसिमको बीमकको शेयर स्वामित्व धारण गरेको रहेछ भने बीमकको सञ्चालकमा आफ्नो कर्मचारीलाई सञ्चालकको रुपमा नियुक्त गर्न सक्नेछ भन्ने प्रावधान छ।

 प्राधिकरणले बीमा ऐन २०७९ को दफा ५० को ङ र ट को प्रावधानलाई उल्लेख गर्दै बीमकको तर्फबाट अन्य बीमा कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गरेका कर्मचारीलाई राजीनामा दिन बाध्य बनाएको थियो। (हेर्नुहोस २१ चैत्र २०७९ मा जारी प्राधिकरणको परिपत्र)

२१ चैत्र २०७९ मा नेपाल बीमा प्राधिकरणले जारी गरेको परिपत्र जसमा बीमा कम्पनीको बहालवाला कर्मचारीलाइ बीमकको सञ्चालक हुन अयोग्य ठहरिने प्रावधान उल्लेख गरिएको छ।
बीमा ऐनको दफा ५० को ‘ङ’ मा ‘बीमक वा बैंक तथा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने सङ्गठित संस्थाको सञ्चालक रहेको वा अन्य कुनै बीमकको संस्थापक समूहको आधारभूत शेयर लिएको बहालवाला सञ्चालक वा कर्मचारी’ अन्य कुनै बीमकको सञ्चालक हुन अयोग्य ठहरिने प्रावधान छ। यो प्रावधानका कारण बीमकको कर्मचारी वा सञ्चालक अन्य कुनै बीमकको सञ्चालक हुन पाउँदैनन् । प्राधिकरणले यही प्रावधालाई आधार बनाउँदै प्राधिकरणले परिपत्र जारी गर्दा जीवन र निर्जीवन बीमा कम्पनको सञ्चालक समितिबाट १४ जना सञ्चालकले राजीनामा दिन बाध्य भएका थिए।
बीमा ऐन २०७९ को प्रावधानसँग विरोधाभाष हुने गरी सुशासन निर्देशिका २०८० मा समावेश गरिएको बीमकको सञ्चालक नियुक्ति सम्बन्धी प्रावधान ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS