IME Life New

एसिया प्रशान्त क्षेत्रमा साइबर र ईभी बीमाको मागमा उल्लेख्य वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसिया प्रशासन्त क्षेत्रमा साइबर र ईभी बीमको माग उल्लेख्य रुपमा बढेको छ।

ग्यालेगर रि सार्वजनिक गरेको दोस्रो संस्करणको एसिया प्रशान्त क्षेत्रको बीमा बजार विश्लेषण १४ वटा बीमा बजारको तथ्यांकले यस्तो देखाएको हो। मलेसिया, सिंगापुर, अस्ट्रेलिया र न्युजिल्यान्डमा साइबर बीमा बजार वार्षिक रुपमा करिब ५० प्रतिशतले बढेको छ। जुन विश्व बजारको ७ प्रतिशत हिस्सा रहेको छ।

Esewa
Crest

एसिया प्रशान्तमा मोटर बीमा बजारको उपस्थिति बलियो देखिएको छ। मोटर बीमा बजार ४१ प्रतिशतले बढेको छ। विशेषगरी विद्युतीय गाडी (ईभी)को बिक्री बढेसँगै मोटर बीमाको बजारमा पनि उल्लेख्य वृद्धि भएको ग्यालेगर रिले जनाएको छ।

ताइवान, सिंगापुर र चीनका बीमा नियामकले ईभी विशेष बीमासम्बन्धी नीति–नियम लागू गर्न सुरु गरेका छन्। निर्जीवन बीमातर्फ दुर्घटना र स्वास्थ्य बीमाको प्रिमियम पनि ११ प्रतिशतले बढेको छ। यसले स्वास्थ्यसम्बन्धी जनचेतना बढ्दै गएको दर्शाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS