IME Life New

एसियाली मुलुकहरुलाई साउदीले सस्तोमै कच्चा तेल उपलब्ध गराउने, घट्ला पेट्रोल र डिजेलको मूल्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउदी अबरले एसियाली मुलुकहरुलाई कच्चा तेल सस्तोमा उपलब्ध गराउने भएको छ।

साउदीको सरकारी तेल कम्पनी साउदी अरामकोले आफ्नो प्ल्यागसिप अरब लाइट क्रुडको मूल्यमा कटौती गरेको छ। मूल्य अब २७ महिनायताकै तल्लो स्तरमा आएको छ।

Esewa
Crest

अरामकोले फेब्रुअरी सिपमेन्टका लागि कच्चा तेलको मूल्य प्रतिब्यारल २ डलरले घटाएको छ। यसअघि कम्पनीले गत डिसेम्बरमा जनवरी लोडिङका लागि कच्चा तेलको मूल्य प्रतिब्यारल १.५ डलरले कटौती गरेको थियो।

साउदी अरब विश्वकै सबैभन्दा कच्चा तेल निर्यातकर्ता हो। साउदीले एसियाली मुलुकहरुका साथै उत्तरी अमेरिका, उत्तरपश्चिम युरोप र भूमध्यसागरीय देशहरुका लागि कच्चा तेलको मूल्यमा कटौती गरेको छ।

साउदी अरबले कच्चा तेलको मूल्य घटाएसँग एसियाली मुलुकहरुमा पेट्रोल र डिजेलको भाउ पनि घट्ने जानकारहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS