IME Life New

एसियाको साइबर बीमा बजार आउँदो वर्षसम्म तीनगुणाले बढ्ने प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसियाको साइबर बीमा बजार आउँदो वर्ष सन् २०२५ सम्ममा तीनगुणाले बढ्ने प्रक्षेपण गरिएको छ।

जुरिच इन्स्योरेन्स ग्रुप र मार्स म्याक्लेननले हालै प्रकाशित गरेका श्वेतपत्रमा यस्तो प्रक्षेपण गरिएको हो। किनकि बीमा व्यवसायको साइबर सुरक्षा बलियो बनाउन र सेवा प्रवाहमा लचिलोपन ल्याउन कम्पनीहरुले प्रयास गरिरहेको श्वेतपत्रमा उल्लेख छ। ‘विशेषगरी साना र मध्यम आकारका व्यवसायका लागि साइबर जोखिम सुरक्षामा महत्वपूर्ण अन्तरका रुपमा पहिचान गरिएको छ’, श्वेतपत्रमा भनिएको छ, ‘जुन प्रायः बीमा नगरिएका वा कम बीमा गरिएका छन्।’

Esewa
Crest

मुख्य साइबर घटना जस्तै– मास मालवेयर, क्लाउड आउटेज र महत्वपूर्ण पूर्वाधार विफलताले बीमा उद्योगलाई चुनौती खडा गरेका छन्। ‘यस्ता घटनाको निश्चित स्तरमा मात्र वित्तीय घाटालाई कभर गर्न सकिन्छ’, श्वेतपत्रमा भनिएको छ।

एसिया प्रशान्त क्षेत्रमा द्रुत डिजिटलाइजेसनले साइबर जोखिम बढाएको छ। साइबर आक्रमणले २०२३ मा विश्वव्यापी घटनाको २३ प्रतिशत हिस्सा ओगटेको छ।

साइबर क्राइमको विश्वव्यापी लागत सन् २०२२ मा ८.५ ट्रिलियन डलर रहेको थियो। यो बढेर सन् २०२७ सम्म करिब २४ ट्रिलियन डलर पुग्ने प्रक्षेपण गरिएको छ।

श्वेतपत्रमा बीमक र सार्वजनिक क्षेत्रबीच डाटा आदान–प्रदान र सहयोगका लागि साझा ढाँचाको स्थापना गर्न प्रस्ताव गरेको छ। श्वेतपत्रमा नवप्रवर्तनका लागि प्रोत्साहन, अतुलनीय जोखिम ह्यान्डल गर्ने रणनीति र विनाशकारी साइबर जोखिम मापन गर्ने विधि समावेश हुनेछन्। यस्ता उपायले सामाजिक लचिलोपन सुनिश्चित गर्न र ठूला साइबर घटनाबाट उत्पन्न हुने पर्याप्त वित्तीय जोखिमलाई कम गर्ने लक्ष्य राखिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS