IME Life New

एसियाकै धनीव्यक्ति बन्ने यात्रामा गौतम अडानी, खोसिएला मुकेश अम्बानीबाट ताज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आएको उछालका बीच भारतीय उद्योगीहरुको नेटवर्थ पनि बढेको छ। पछिल्ला केही दिनमा अडानी समूहका कम्पनीहरुको शेयरमा उकालो लागेको थियो। जसको प्रत्यक्ष लाभ गौतम अडानीको नेटवर्थमा पुगेको छ।

पछिल्लो एक हप्तामा गौतम अडानीको सम्पत्ति तीव्र गतिमा बढेको ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सको पछिल्लो तथ्यांकले देखाएको छ। उनी १०० अर्ब डलर क्लबमा पुनः प्रवेश गरेका छन्। हाल उनको कुल सम्पत्ति १०९ अर्ब डलर रहेको छ। अर्थात् एक हप्तामै अडानीको सम्पत्ति ९ अर्ब डलर बढीले बढेको छ।

Esewa
Crest

गौतम अडानी हाल ब्लुमबर्गको अर्बपतिहरूको सूचीमा १३ औँ स्थानमा छन्। मुकेश अम्बानी उनीभन्दा एक कदम अगाडि छन्। अहिले मुकेश अम्बानी एसियाकै सबैभन्दा धनी व्यक्ति हुन्। रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी कुल सम्पत्ति करिब ११४ अर्ब डलरका साथै १२ औँ स्थानमा रहेका छन्। गौतम अडानी मुकेश अम्बानीभन्दा करिब ५ अर्ब डलर सम्पत्तिमा पछाडि छन्। यही रफ्तार सम्पत्ति बढ्दै जाने हो भने आगामी साताभित्र गौतम अडानी मुकेश अम्बानीलाई पछि पार्दै पुनः एसियाकै धनीव्यक्ति बन्न सक्ने अनुमान गर्न थालिएको छ।

यो साता अडानी समूहका १० सबै कम्पनीको शेयरभाउमा वृद्धि भएको छ। तर, कारोबार साताको अन्तिम दिन शुक्रबार अडानी समूहका कम्पनीको शेयरमा केही चाप देखिएको छ। कीर्तिमानी उचाइमा पुगेपछि शेयर बजारमा पनि नाफा बुकिङको प्रभाव छ।

बर्नार्ड अर्नाल्ट ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्समा शीर्ष स्थानमा छन्। उनको कुल सम्पत्ति २११ अर्ब डलर छ। जेफ बेजोस दोस्रो स्थानमा र टेस्ला प्रमुख एलन मस्क तेस्रो स्थानमा। मार्क जुकरबर्ग चौथो स्थानमा र ल्यारी पेज पाँचौँ स्थानमा छन्। –एजेन्जी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS