IME Life New

एसबीआईलाई पछि पार्दै एलआईसी भारत बन्यो सबैभन्दा मूल्यवान पीएसयू

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डिया (एलआईसी) सबैभन्दा मूल्यवान सार्वजनिक उपक्रम (पीएसयू) बनेको छ।

भारतीय स्टेट बैंक (एसबीआई)लाई पछि पार्दै एलआईसी सबैभन्दा मूल्यवान पीएसयू बनेको हो। पछिल्लो एक वर्षमा एलआईसीको शेयरमा २६ प्रतिशतले वृद्धि भएपछि यसको मूल्यांकन अहिले भारु ५.६१ लाख करोड पुगेको छ। जुन एसबीआईको भारु ५.५९ लाख करोडको मूल्यांकनभन्दा अलि बढी हो।

Esewa
Crest

एलआईसी सबै सूचीबद्ध कम्पनीमध्ये नवौँ सबैभन्दा मूल्यवान कम्पनी हो। एलआईसीको बुधबार कारोबार मूल्यअनुसार प्रतिकित्ता भारु ८८७ रहेको थियो। मे २०२२ मा सूचीबद्ध भएपछि एलआईसीको शेयर ४४ प्रतिशतले घटेको थियो।

यद्यपि, पीएसयू शेयरहरुप्रतिको धारणामा आएको परिवर्तनका बीचमा एलआईसीको शेयरभाउ मार्च २०२३ को तल्लो भारु रु. ५३० बाट ६७ प्रतिशतले बढेको छ।

एनटीपीसी हाल गैरवित्तीय पीएसयूमध्ये सबैभन्दा मूल्यवान कम्पनी हो। जसको मूल्यांकन भारु ३ लाख करोड छ र ओएसनजीसी एनटीपीसीभन्दा पछाडि रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS