IME Life New

एशियन लाईफ इन्स्योरेन्स १२ औँ वर्षमा प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बाह्रौँ वर्षमा प्रवेश गरेको छ । बाह्रौँ वषर्मा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरु सम्पन्न गरेको छ ।

कम्पनीले वार्षिकोत्सवको अवसरमा सामाजिक सेवालाई विशेष प्राथमिकता दिई नेपालको पूर्व देखि पश्चिम सम्मका विभिन्न शाखाहरु तथा प्रधान कार्यालयमा रक्तदान कार्यक्रममा गरेको थियो ।

Esewa
Crest

मैतीदेवी स्थित प्रधान कार्यालयमा लायन्स क्लब अफ काठमाण्डौं चाबहिल सिटीको सहकार्यमा सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा ८६.जनाले रक्तदान गरेका थिए । सोही अवसरमा ग्यालेक्सी इम्पेक्स क्षेत्रपाटीको सहयोगमा ११० जनाको निःशुल्क मधुमेह परिक्षण समेत गरेको थियो ।

वार्षिकोत्सवकै अवसरमा कम्पनीले काठमाण्डौंमा जीवन बीमा सम्बन्धी जनचेतनामूलक प्रभात फेरी कार्यक्रम साथै मैतिदेवी मन्दिर परिसर सरसफाई, एचआइभी शिक्षा सदन (बेबी लाईफ होम) किर्तिपुरमा अध्ययनरत एचआइभी संक्रमित बालबालिकालाई खाद्यान्न, फलफूल तथा मिठाई वितरण गरेको कम्पनीले बताएको छ ।

देशभर रहेका १ सय १५ वटा शाखा उपशाखा मार्फत जीवन बीमा सेवा प्रदान गरिरहेको यस कम्पनीले ११ वर्षको अवधिमा २०७५ फागुन मसान्तसम्ममा कुल ४ लाख ५५ हजार बीमालेख बिक्री गरी रु. १६ अर्व ६९ करोड प्रिमियम संकलन गरिसकेको छ । भने २०७५ पौष मसान्त सम्म कम्पनीको जीवन बीमा कोष रु.१५ अर्ब भन्दा बढी रहेको छ । कम्पनीको लगानी रु. १५ अर्ब ३५ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS