IME Life New

एशियन लाईफद्धारा मृतकको परिवारलाई दाबी बापतको २ लाख ३२ हजार रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एशियन लाईफ ईन्स्योरेन्स कम्पनि बिराटनगर शाखाले मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । कम्पनीले रामधुनी न.पा. वडा न ४, सुनसरीका बीमित स्वर्गिय कृष्ण बहादुर परियारको श्रीमती मेनुका परियार लाई २ लाख ३२ हजार ९८ रुपैयाँको चेक हस्तान्तरण गरेको छ । कम्पनीले मृतक बीमितको बच्चा प्रमेश परियारलाई १८ वर्ष सम्म पढाई खर्च एवम किस्ता छुट सुविधाको पत्र सहितको सो रकम हस्तान्तरण गरेको हो ।

मृतक बीमितका श्रीमतिलाई रामधुनी न.पा. वडा न ४, सुनसरीका वडाअध्यक्ष मनेष कुमार चौधरीले बिराटनगर शाखाका शाखा प्रबन्धक सुजन भण्डारी, ईनरुवा उपशाखा ईन्चाज नारायण प्रसाद खनाल, कम्पनिका बरिष्ठ अभिकर्ता कुमार थापा मगर, बिनोद कुमार डागीं, अन्य अभिकर्ता, त्यस क्षेत्रका राजनैतिकि प्रतिनिधी एव समाजसेवीहरुले संयुक्त रुपमा सो चेक हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

मृतक परियारले आफ्नो बीमा ७ वर्ष अगाडि एशिन सावधिक बीमा योजनामा १ लाखको र बच्चा सहित अभिभावक बीमा गर्न मिल्ने एशियन लाईफको बाल उमङ्गमा २ लाख ५१ हजारको ३ वर्ष अगाडि बीमा गराएका थिए ।

मृतक बीमितकोे खानेपानी कार्यालय, ईटहरीबाट घर फर्कने क्रममा दुर्घटना परि २०७५ माघ २७ गते मृत्यु भएको थियो ।

एशियन लाईफको लोकप्रिय योजना बाल उमङ्गमा मृतकका बच्चा संरक्षक मेनुका परियारले बच्चा १८ वर्ष हुञ्जेल सम्म प्रत्येक महिना २ हजार ५ सय १० रुपैयाँ पढाई खर्च र प्रत्येक वर्ष को किस्ता १५ हजार ९ सय ७७ रुपैयाँ छुट र बच्चा १८ वर्ष भईसकेपछि एकमुष्ट बीमाङ्क रकम २ लाख ५१ हजार र आर्जित बोनस प्राप्त गर्ने जानकारी शाखा प्रबन्धक भण्डारी जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS