IME Life New

एशियन लाईफद्धारा मृतकको परिवारलाई दावी वापतको २ लाख १५ हजार रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड विराटनगर शाखाले घरदैलो मृत्युदावी भुक्तानी गरेको छ ।

कम्पनीले भोजपुर आमचोक गॉउपालिका– ६, बयङ्ग बस्ने बीमित कबिता राईको छोरा नविन राईलाई दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

Esewa
Crest

कम्पनीले बीमित मृतकको छोरा लाई कम्पनीले निजकै घरदैलो गई दुई लाख त्रिचालिस हजार एक सय रुपैयाँ मा मृतकले लिएको कर्जा र व्याज २ लाख ७९ हजार ११ रुपैयाँ कट्टा गरी २ लाख १५ हजार १८९ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

मृतक बीमितको भोजपुर बाट धरान तर्फ पैदल जॉदै गरेको अवस्थामा जिल्ला धनकुटा सॉगुरीगढी गा.पा वडा नं १० घोप्टेभिरमा ढुङ्गा झरी भई उपचारको क्रममा मृत्यु भएको थियो ।

आमचोक गॉउपालिका अध्यक्ष अशोक राईले स्थानिय जनता,समाजसेवी ,वडाअध्यक्षहरु गणेश खत्री, नेत्र खत्री, डम्बर ब कार्की, प्रहरी चौकीका ईन्जाज तेज ब बस्नेत, कम्पनिका बरिष्ठ अभिकर्ता म्यानेजरहरु  राज कुमार बस्नेत,प्रविन मगर, बहादुर राई,टंक घिमिरे, गंगा प्रसाद न्यौपाने,भुपाल बस्नेत,देबचन्द्र राई बिराटनगरका शाखा प्रबन्धक  सुजन भण्डारी, भोजपुर उपशाखा ईन्चार्ज राजन राईको उपस्थितीमा उक्त चेक हस्तान्तरण गरेका हुन् ।

मृतक बच्चाको ९ वर्ष एशियन लाईफको सस्तो एव लोकप्रिय योजना एशियन सावधिक बीमा योजना ९ वर्ष अगाडि रु १ लाख को बिमा, वार्षिक रु ६९७७ बीमाशुल्क जम्मा गर्न गरी एशियन लाईफ ईन्स्योरेन्स कम्पनी विरानगर शाखामा बीमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS