IME Life New

एशियन लाईफको बर्दियाको भुरीगाउँमा रहेको उप शाखा शाखामा रुपान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं।  एशियन लाईफ इन्स्योरेन्स कम्पनीले बर्दियाको भुरीगाउँमा अवस्थित उपशाखा कार्यालयलाई स्तरोन्नती गरी यस कम्पनीको ४४ औं शाखाको रुपमा आज देखि संचालनमा ल्याएको छ ।

यस कम्पनीका संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ ज्यूले शाखा कार्यालयको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत  दिनेश लाल श्रेष्ठ,नायब प्रमुख कार्यकारी अधिकृत  होम बहादुर श्रेष्ठ, कर्णाली प्रदेश प्रमुख  विजय पराजुली, नेपालगंज शाखा प्रबन्धक  तिलक बहादुर केसी, भुरीगाउँ शाखा प्रबन्धक  चक्र बहादुर भण्डारीको साथै जीवन बीमा अभिकर्ता र स्थानीयबासिन्दाको उपस्थिति रहेको थियो ।

Esewa
Crest

कम्पनीको कूल ४४ वटा शाखा र १०४ वटा उपशाखा संचालनमा रहेका छन् । आ.व. २०७८।७९ को असोज मसान्तसम्ममा यस कम्पनीको जीवन बीमा कोष करिब रु.२७ अर्ब ७५ करोड रहेको छ । यस कम्पनीले आ.व.२०७८।७९ को असोज मसान्तसम्ममा रु.१ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS