IME Life New

एशियन लाईफकाे बाेनश दरमा सुधार, आव २०७८।७९ मा बीमितले अधिकत्तम रु‍ ७५ पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌। एशियन लाईफ इन्स्याेरेन्सले पनि गत आर्थिक वर्ष २०७८।७९ काे बीमालेख बाेनश दर सार्वजनिक गरेकाे छ । नेपाल बीमा प्राधिकरणबाट आव २०७८।७९ काे बीमा‌ंकी मूल्यांकन प्रतिवेदन स्वीकृत भएपछि कम्पनीले स्वीकृत बाेनश दर सार्वजनिक गरेकाे हाे । कम्पनीले अघिल्लाे आर्थिक वर्ष २०७७।७८ काे तुलनामा गत आव २०७८।७९ मा बाेनश दरमा सुधार गर्न सफलता पाएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे बाेनश तर तालिका अनुसार सावधिक तथा आजीवन बीमालेखमा बीमितले बीमा अवधिकाे आधारमा प्रति हजार बीमा‌ंकमा ६१ रुपैयाँदेखि ७५ रुपैयाँसम्म प्रति वर्ष बाेनश पाउनेछन् । कम्पनीका अनुसार ०देखि १४ वर्ष १५ देखि १९ वर्ष २० देखि २४ वर्ष अवधिकाे बीमालेखका लागी प्रति हजार बीमा‌ंकमा ६१ रूपैयाँ बाेनश दर कायम गरेकाे छ । यसबाहेक २५ वर्ष वा साेभन्दा बढी अवधिका लागी ७५ रूपैयाँ बाेनश दर घाेषणा गरेकाे छ। आव २०७७।७८ मा सावधिक तथा आजीवन बीमा याेजनाकाे बाेनश दर न्यूनत्तम ५० रुपैयाँदेखि अधिकत्तम ७५ रुपैयाँसम्म थियाे । कम्पनीले आजीवन बीमा याेजना अन्तर्गतकाे बाेनश दरमा आव २०७७।७८ काे तुलनामा गत आवमा सुधार गरेकाे छ।

Esewa
Crest

यसैगरी सावधिक बीमालेखमा न्यूनत्तम ४५ रूपैयाँदेखि अधिकत्तम ६० रूपैयाँसम्म बाेनश दर कायम गरेकाे छ । १४ वर्षसम्मका लागी प्रति वर्ष ४५ रूपैयाँ, १५ देखि १९ वर्षे अवधिका लागी  ५० रूपैयाँ, २० देखि २४ वर्षे अवधिका लागी ५५ रूपैयाँ र २५ वर्ष वा साे भन्दा बढी अवधिका लागी ६० रूपैयाँ बाेनश दर कायम गरिएकाे कम्पनीले प्रकाशन गरेकाे सूचनामा उल्लेख छ । सावधिक बीमालेखमा आव २०७७।७८ काे घाेषित बाेनश दर ४० रुपैयाँदेखि ६० रुपैयाँसम्म थियाे । सावधिक बीमालेखकाे बाेनश दर पनि अघिल्लाे आवकाे तुलनामा गत आवमा केही सुधार देखिएकाे छ।

बालबालिकाकाे सावधिक बीमा याेजनामा ४४ देखि ६० रूपैयाँ बाेनश दर घाेषणा गरेकाे छ । कम्पनीले १४ वर्षसम्मका लागी प्रति वर्ष ४४ रूपैयाँ, १५ देखि १९ वर्षे अवधिका लागी  ५० रूपैयाँ, २० देखि २४ वर्षे अवधिका लागी ५३ रूपैयाँ र २५ वर्ष वा साे भन्दा बढी अवधिका लागी ६० रूपैयाँ बाेनश दर घाेषणा गरेकाे छ ।यसअघि बीमितले आव २०७७७८ मा बालबालिकाकाे सावधिक जीवन बीमा याेजना अन्तर्गत ४० देखि ६० रुपैयाँ बाेनश पाएका थिए । बालबालिकाकाे सावधिक बीमा याेजनामा पनि कम्पनीले बाेनश दरमा केही सुधार गरेकाे छ।

नवरत्न, जीवन संजीवनी, दम्पत्ती सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ र प्लान २५ का लागी ४२ देखि ५० रूपैयाँ बाेनश दर कायम गरिएकाे कम्पनीले जानकारी दिएकाे छ । कम्पनीले १४ वर्षसम्मका लागी प्रति वर्ष ४२ रूपैयाँ, १५ देखि १९ वर्षे अवधिका लागी  ४२ रूपैयाँ, २० देखि २४ वर्षे अवधिका लागी ४५ रूपैयाँ र २५ वर्ष वा साे भन्दा बढी अवधिका लागी ५० रूपैयाँ बाेनश दर घाेषणा गरेकाे छ । अघिल्लाे आव २०७७।७८मा यी बीमा याेजनाहरुकाे समूहमा न्यूनत्तम बाेनश दर ४० देखि अधिकत्तम ६० रुपैयाँ थियाे । यसमा पनि गत आवमा अघिल्लाे आवकाे तुलनामा बाेनश दर थप भएकाे छ।

यसबाहेक अग्रिम भुक्तानी बीमा याेजनामा १० र १२ वर्षे अवधिकाे लागि ५० रूपैयाँ ,१५ र १८ वर्षे अवधिका लागी ६० रूपैयाँ, २० वर्षे अवधिका लागी ६५ रूपैयाँ र २५ वर्षे अवधिका लागी ७० रूपैयाँ बाेनश दर घाेषणा गरेकाे छ । आव २०७७।७८ का लागी एशियन लाईफ इन्स्याेरेन्सका बीमितले ५० देखि ७० रुपैयाँ बाेनश पाएका थिए । यस बीमालेख समूहमा न्यूनत्तम बाेनश दरमा वृद्धि भएपनि अधिकत्तम बाेनश दर उही रहेकाे छ।

भावी बाेनशका लागी जगेडा (फ्यूचर बाेनश प्राेभिजनिङ) का कारण एशियन लाईफ इन्स्याेरेन्सकाे बाेनश दर यसअघिकाे दुई आर्थिक वर्षमा निक्कै खस्किएकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS