IME Life New

एशियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको धरान शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मोटरसाईकलको ठक्करबाट घाइते भई उपचार गर्ने क्रममा मृत्यु भएका बीमित हिरण बहादुर बस्नेतको श्रीमती इन्द्रमाया बस्नेतलाई १ लाख ९९ हजार ८१२ रुपैयाँको चेक एक समारोह बिच धरान शाखाका शाखा प्रबन्धक सुजन भण्डारी, बरिष्ठ व्यवसाय प्रबन्धक बाबुराम थापा, बिमला बस्नेत, आकाश घिमिरे, रिलेशनसिप म्यानेजर उदय कुमार श्रेष्ठ,चिरञ्जिवी पोख्रेल लगायत स्थानिय व्यक्तिहरुको रोबरमा उक्त चेक हस्तान्तरण गरेका थिए।

मृतकले ९ वर्ष अगाडि १ लाख २ हजारको सावधिक बीमा योजनामा बीमा गरी ५१ हजार कर्जा लिएका थिए । कम्पनिबाट कुल रकम २ लाख ५२ हजार ४ सय ५२ पाउनेमा उक्त कर्जा सांवा व्याज कट्टा गरी उक्त रकम प्रदान गरको कम्पनीले जनाएको छ ।

Esewa
Crest

उक्त कार्याक्रममा जिवन बीमा महत्वको बारे जानकारी गराउँदै बरिष्ठ व्यवसाय प्रबन्धक बाबुराम थापाले बाचे आफैलाई मरे परिवारलाई भरथेग गर्ने बीमा भएकोले यो समाजिक अभियानमा लागेको बताए ।

शाखा प्रबन्धक भण्डारीले बीमा गराउनु मात्रै काम होईन बीमा गराई सकेपछि पाउने सेवा सुविधाका कुरालाई मध्य नजर गरेर बिमा गर्न स्थानिय जनतामा अपिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS