IME Life New

एशियन लाइफको बीमा पोलिसी अनलाइनबाटै बिक्रि गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइन मार्फत नै बीमा पोलिसी बिक्रि गर्न मिल्ने सुविधा ल्याएको छ । कम्पनीले हाल विश्वभर फैलिरहेको कोेरोना भाइरसका कारण अनलाइन माध्यमको बढ्दो प्रयोग र आवश्यकलाई मध्यनजर गर्दै यस्तो सुविधा ल्याएको जनाएको छ ।

यस सुविधा अन्तर्गत अभिकर्ताले कम्पनीको आधिकारीक वेवसाईटमा एजेण्ट पोर्टल मार्फत २४ औ घण्टा आवेदन दर्ता गर्न सक्ने व्यवस्था गरेको छ । जसका लागि इजाजतपाप्त अभिकर्ताहरुल कम्पनीको आधिकारिक वेवसाईटमा एजेण्ट र्पोटलमा लगइन गरि बीमीतको बारेमा सम्पूर्ण विवरण र कागजातपत्र प्रविष्टी गरेर अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

Esewa
Crest

कम्पनीले बीमा समितिले जारी गरेको अनलाइन बीमा निर्देशिका बमोजिक बीमीतहरुलाई यस्तो सुविधा दिन लागेको हो अनलाइन मार्फत तीन लाख रुपैयाँसम्मको बीमालेखको लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ।

कम्पनीले अनलाइन सुविधा पश्चात् अभिकर्ताहरु कार्यालयसम्म आउनुनपर्ने जनाएको छ । अभिकर्ताले आफनो लगइनबाट नै कारोबार विवरण तथा बीमीतहरुले आफनो बीमालेख सम्बन्धी सम्पूर्ण विवरण आफै हेर्न मिल्ने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS